नेभिगेशन
समाज

उद्धार र राहतमा जुट्न कांग्रेस पंक्तिलाई सभापति थापाको निर्देशन

काठमाडौँ । रसुवामा अप्रत्यासित र आकस्मिक रूपमा आएको भीषण बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति थापाले एक विज्ञप्ति जारी गर्दै भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सबैलाई सुरक्षित रहन अपिल गरेका हुन् ।

Ncell
Extreme Energy

विपद्को यस घडीमा तत्काल उद्धार र राहत कार्यलाई तीव्रता दिन सरकारसँग माग गर्दै सभापति थापाले राज्यका सम्पूर्ण संयन्त्रहरू युद्धस्तरमा परिचालन गर्न आग्रह गरेका छन् । विपद् व्यवस्थापन, उद्धार तथा राहतका कार्यहरूमा तीनवटै तहका सरकारबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिँदै उनले सरकारको यस अभियानमा कांग्रेसको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

यसैगरी, सभापति थापाले नेपाली कांग्रेसका सम्पूर्ण मातहत समितिहरूलाई तत्काल कार्यक्षेत्रमा खटिन निर्देशन दिएका छन्। विशेषगरी बाढीबाट प्रत्यक्ष प्रभावित हुन सक्ने रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लाका पार्टी नेतृत्व तथा सम्पूर्ण सदस्यहरूलाई नदी तटीय क्षेत्रका जोखिमयुक्त बस्तीका परिवारलाई सुरक्षित स्थानमा सार्न, उद्धार गर्न र राहत वितरणमा तुरुन्त जुट्न उनले विशेष अपिल गरेका छन् ।

बाढीका कारण स्थानीय जनजीवन प्रभावित हुनुका साथै थप क्षति हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै नागरिकको जीउधनको सुरक्षाका लागि पार्टीका कार्यकर्ता, स्थानीय प्रशासन र सुरक्षा निकायसँग सहकार्य गर्दै उद्धारमा सक्रिय हुन कांग्रेसले आफ्ना नेता-कार्यकर्तालाई परिचालित हुन भनेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् ।
बूढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न गगन थापाको अपिल

बूढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न गगन थापाको अपिल

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र सहयोगमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।
बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सेना परिचालन, ६ जनाको हवाई उद्धार

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सेना परिचालन, ६ जनाको हवाई उद्धार

प्रधानमन्त्री बालेन शाहले बूढीगण्डकी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षित स्थानान्तरणका लागि हेलिकप्टर परिचालन गरिएको बताएका छन्।
बूढीगण्डकी बाढीले अहिलेसम्म केके गर्‍यो?

बूढीगण्डकी बाढीले अहिलेसम्म केके गर्‍यो?

बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाका विभिन्न स्थानमा घर, झोलुङ्गे पुल, मोटरेबल पुल र जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्‍याएको छ।