नेभिगेशन
सबै कुरा

भ्रष्टाचार आरोपित सुनील पौडेल र विकल पौडेल पक्राउ

काठमाडाैँ । नेपाल टेलिकमका पूर्व कार्यकारी निर्देशक सुनील पौडेल र  सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल  पक्राउ परेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएको हो । २०८० वैशाखमा विकल पौडेल र असोज १५ मा  पौडेल बिरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेको थियो । 

Ncell
Extreme Energy

भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएपछि पनि उनीहरुले सार्वजनिक सम्पत्तिको दुरुपयोग र हिनामिना गरेको आशंकामा छानबिनमा तानिएका उनीहरुलाई अख्तियारको टोलीले बुधबार निवासबाटै नियन्त्रणमा लिएको हो ।  अख्तियारले उनीहरुकाे निवासबाट केही काजगातपनि बरामद गरेकाे छ । 

नेपाल टेलिकमका तत्त्कालिन कार्यकारी निर्देशक सुनील पौडेल लगायतका व्यक्तिविरुद्ध २०८० असोज १५ मा अख्तियार दुरुपयोग अनुसन्धान अयोगले २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालत र २०८० वैशाखमा विकल पौडेललगायतका व्यक्तिविरुद्ध  करिब ७० करोड रुपैँया मागदाबीसहित अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

पक्राउ परेका दुवैजनालाई भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतमा उपस्थित गराउने तयारी अख्तियारले गरेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।
उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको बाढीको कहर सम्झँदा रसुवावासीको आङ सिरिङ्ग मात्र होइन, एकैपटक आँखा रसाउँछ अनि मन भक्कानिन्छ। हिमाली क्षेत्रबाट कल्पना नै गर्न नसकिने...
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

किष्ट अस्पताल ललितपुरले पाँच  वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।
अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको...

भर्खरै