नेभिगेशन
सबै कुरा

भ्रष्टाचार आरोपित सुनील पौडेल र विकल पौडेल पक्राउ

काठमाडाैँ । नेपाल टेलिकमका पूर्व कार्यकारी निर्देशक सुनील पौडेल र  सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल  पक्राउ परेका छन् ।

उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएको हो । २०८० वैशाखमा विकल पौडेल र असोज १५ मा  पौडेल बिरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेको थियो । 

Global Ime Bank

भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएपछि पनि उनीहरुले सार्वजनिक सम्पत्तिको दुरुपयोग र हिनामिना गरेको आशंकामा छानबिनमा तानिएका उनीहरुलाई अख्तियारको टोलीले बुधबार निवासबाटै नियन्त्रणमा लिएको हो ।  अख्तियारले उनीहरुकाे निवासबाट केही काजगातपनि बरामद गरेकाे छ । 

नेपाल टेलिकमका तत्त्कालिन कार्यकारी निर्देशक सुनील पौडेल लगायतका व्यक्तिविरुद्ध २०८० असोज १५ मा अख्तियार दुरुपयोग अनुसन्धान अयोगले २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालत र २०८० वैशाखमा विकल पौडेललगायतका व्यक्तिविरुद्ध  करिब ७० करोड रुपैँया मागदाबीसहित अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

पक्राउ परेका दुवैजनालाई भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतमा उपस्थित गराउने तयारी अख्तियारले गरेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः एमालेको सक्रिय राजनीतिमा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः एमालेको सक्रिय राजनीतिमा

जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले शनिबार काठमाडौंमा आयोजना गरेको जबजका ३ दशक विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै भण्डारीले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका...
नेकपा एमाले एक छ, टुक्रयाउने सपना नदेखे हुन्छः अध्यक्ष ओली

नेकपा एमाले एक छ, टुक्रयाउने सपना नदेखे हुन्छः अध्यक्ष ओली

अध्यक्ष ओलीले भने, “नेकपा (एमाले) सफलताका साथ अगाडि बढिरहेको छ, विगतमा पनि विभिन्न नाममा पार्टी फुटाइएको थियो, तर हाम्रो पार्टी फेरि मजबुतीका साथ अगाडि बढेको छ, एमाले कसैले...
एसईई प्रदेशबाटै हुनेगरी विद्यालय शिक्षा विधेयकमा सहमति

एसईई प्रदेशबाटै हुनेगरी विद्यालय शिक्षा विधेयकमा सहमति

पहिले उपसमितिले एसईई नराख्ने सिफारिस गरे पनि शनिबारको बैठकले प्रदेश-स्तरीय एसईई समावेश गर्दै विधेयक पारित गरेको हो। अब यो विधेयक प्रतिनिधिसभामा पेश गरिनेछ।
हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाउँदै बाबुराम भट्टराइले भने, 'रविविरुद्ध प्रतिशोधको गन्ध आयो'

हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाउँदै बाबुराम भट्टराइले भने, 'रविविरुद्ध प्रतिशोधको गन्ध आयो'

'तपाई असर भएर मात्रै हुँदैन, असल देखिनु पनि पर्छ भन्ने अंग्रेजीमा एउटा भनाइ छ । लोकतन्त्रमा विधिको शासन हुनुपर्छ । तर रवि लामिछानेको हकमा उनलाई अल्झाउने कार्य जुन...

भर्खरै