नेभिगेशन
समाज

रसुवा बाढीमा मृतकको सङ्ख्या १५७ पुग्यो

काठमाडौँ । रसुवा जिल्लामा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १५७ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार  बुधबार राति ११ः०५ बजेसम्म अनुसार बाढी र पहिरोमा परी विभिन्न जिल्लामा हालसम्म १५७ वटा शव फेला परेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फेला परेका शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा मात्रै ६४ जनाकाे शव फेला परेकाछन् भने धादिङमा २७, नवलपरासी पूर्वमा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९ र रसुवामा ३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

Marvel
Extreme Energy

प्रहरी प्रधान कार्यालयका अनुसार उद्धार र खोज कार्यका लागि ३ हजार ३१८ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ । यद्यपि, बाढीका कारण हालसम्म २८ जना प्रहरी कर्मचारीहरू अझै सम्पर्कविहीन रहेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ जनामध्ये १३ जना, सीमा प्रहरी चौकी रसुवागढीका ९ जनामध्ये १ जना र प्रहरी चौकी स्याफ्रुबेँसीका ८ जनामध्ये ५ जना मात्र हालसम्म सम्पर्कमा आएका छन् । त्यसैगरी अस्थायी प्रहरी पोस्ट मैलुङका ८ जनामध्ये ३ जना, प्रहरी चौकी बेत्रावतीका १० जनामध्ये ९ जना र प्रहरी चौकी हाकुका ६ जनामध्ये ५ जना कर्मचारी मात्र सम्पर्कमा आएका छन् भने बाँकी २८ जनाको खोजी जारी छ ।

बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

बाढी र पहिरोमा परी घाइते भएका ४१ जनाको हाल विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । घाइतेहरूमध्ये त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २० जना, ट्रमा सेन्टरमा ४ जना, वीर अस्पतालमा ३ जना र त्रिशूली अस्पतालमा ९ जनाको उपचार भइरहेको छ । यस्तै, नर्भिक अस्पतालमा ३ जना, वीरेन्द्र सैनिक अस्पतालमा १ जना र ग्रीन सिटी अस्पतालमा १ जना घाइते उपचाररत रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई...
काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ...
‘नेपाल-जापान सम्बन्धको आगामी ७० वर्षलाई शिक्षा, नवप्रवर्तन र सहकार्यमा केन्द्रित गर्नुपर्छ’: परराष्ट्रमन्त्री खनाल

‘नेपाल-जापान सम्बन्धको आगामी ७० वर्षलाई शिक्षा, नवप्रवर्तन र सहकार्यमा केन्द्रित गर्नुपर्छ’: परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री खनालले अहिले जापानमा तीन लाखभन्दा बढी नेपाली बसोबास गरिरहेको र गत वर्ष जापानमा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपाली विद्यार्थी दोस्रो ठूलो समूहका रूपमा रहेको उल्लेख गर्दै यसले...