नेभिगेशन
समाज

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धारमा सक्रिय सेना

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार थालिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृह मन्त्रालयकाअनुसार विहानैदेखि सेना र निजी हेलिकप्टरहरु खोज तथा उद्धारका लागि प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । 

Ncell
Extreme Energy

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा उपचार गर्ने निर्णय गरेको छ ।

गम्भीर घाइतेलाई भने तत्काल उद्धार गरी काठमाडौँ ल्याउने तयारी छ ।

घाइतेको अवस्था अनुसार प्राथमिकीकरण (वर्गीकरण) गरी उद्धार तथा उपचारलाई अघि बढाइनेछ । यसैगरी, प्रभावितका लागि आवश्यक राहत सामग्री स्थलमार्ग हुँदै विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् ।
बूढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न गगन थापाको अपिल

बूढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न गगन थापाको अपिल

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र सहयोगमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।
बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सेना परिचालन, ६ जनाको हवाई उद्धार

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सेना परिचालन, ६ जनाको हवाई उद्धार

प्रधानमन्त्री बालेन शाहले बूढीगण्डकी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षित स्थानान्तरणका लागि हेलिकप्टर परिचालन गरिएको बताएका छन्।
बूढीगण्डकी बाढीले अहिलेसम्म केके गर्‍यो?

बूढीगण्डकी बाढीले अहिलेसम्म केके गर्‍यो?

बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाका विभिन्न स्थानमा घर, झोलुङ्गे पुल, मोटरेबल पुल र जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्‍याएको छ।