नेभिगेशन
सबै कुरा

नारायणहिटी दरबारको पर्खाल भत्काउन काठमाडौँ महानगरपालिकाकाे ताकेता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नारायणहिटी दरबारको पर्खाल भत्काउन पत्र  लेखेको छ । 

महानगरपालिकाको शहरी व्यवस्थापन विभाग प्रमुख अर्चना शाक्यले नारायहिटी दरबार संग्राहलय र नेपाल सरकार ट्रष्टको कार्यालयलाई एक पत्र लेख्दै नारायणहिटी दरबारको पर्खाल मापदण्डविपरित भएका कारण उक्त पर्खात भत्काउन ताकेता गर्दै पत्र लेखेकी हुन् । 

Global Ime Bank

यसअघि महानगरपालिकाले पुष १३ मा नेपाल ट्रष्टलाई मापदण्डभन्दा अग्लो पर्खाल बनाएको भन्दै भत्काउन पत्राचार गरेको थियो । तर पर्खाल भत्काउन अटेर गरेपछि महानगरले पुन अर्को पत्र लेखेको हो । 

‘काठमाडौँ महानगरपालिका वडा न॑ १ स्थित श्री नारायणहिटी दरवार संग्रहालयको सीमा पर्खाल, बस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ को दफा १३(१५) मा व्यवस्था भए बमोजिम १.२ मीटर अग्लो पर्खाल र सो माधि ०.६ मीटर अग्लो जाली राखी निर्माण गर्नुपर्ने व्यवस्था भएको हुदाँ निर्मित संरचनामा सोही बमोजिम सुधार  गर्नुहुन भनी यस विभागको च.नं. ६१० मिति २०८०/०९/१३ को पत्रद्धारा अनुरोध गरिएकोमा सो कार्य गरेको नदेखिएको हुदाँ पुनः ताकेता पत्र लेख्ने कार्य भएको छ । पत्रमा उल्लेख भए बमोजिम कार्य सम्पन्न गरी यस कार्यालयलाई जानकारी गराउनु हुन निर्देशानुसार अनुरोध छ।’, पत्रमा भनिएको छ । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः एमालेको सक्रिय राजनीतिमा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः एमालेको सक्रिय राजनीतिमा

जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले शनिबार काठमाडौंमा आयोजना गरेको जबजका ३ दशक विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै भण्डारीले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका...
नेकपा एमाले एक छ, टुक्रयाउने सपना नदेखे हुन्छः अध्यक्ष ओली

नेकपा एमाले एक छ, टुक्रयाउने सपना नदेखे हुन्छः अध्यक्ष ओली

अध्यक्ष ओलीले भने, “नेकपा (एमाले) सफलताका साथ अगाडि बढिरहेको छ, विगतमा पनि विभिन्न नाममा पार्टी फुटाइएको थियो, तर हाम्रो पार्टी फेरि मजबुतीका साथ अगाडि बढेको छ, एमाले कसैले...
एसईई प्रदेशबाटै हुनेगरी विद्यालय शिक्षा विधेयकमा सहमति

एसईई प्रदेशबाटै हुनेगरी विद्यालय शिक्षा विधेयकमा सहमति

पहिले उपसमितिले एसईई नराख्ने सिफारिस गरे पनि शनिबारको बैठकले प्रदेश-स्तरीय एसईई समावेश गर्दै विधेयक पारित गरेको हो। अब यो विधेयक प्रतिनिधिसभामा पेश गरिनेछ।
हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाउँदै बाबुराम भट्टराइले भने, 'रविविरुद्ध प्रतिशोधको गन्ध आयो'

हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाउँदै बाबुराम भट्टराइले भने, 'रविविरुद्ध प्रतिशोधको गन्ध आयो'

'तपाई असर भएर मात्रै हुँदैन, असल देखिनु पनि पर्छ भन्ने अंग्रेजीमा एउटा भनाइ छ । लोकतन्त्रमा विधिको शासन हुनुपर्छ । तर रवि लामिछानेको हकमा उनलाई अल्झाउने कार्य जुन...

भर्खरै