नेभिगेशन
नेताका कुरा

भोटेकोशी  बाढीका घाइते भेट्दै आङ्देम्बेले भने– उपचारमा कुनै कमी नहोस्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट घाइते भई उपचाररत नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आङ्देम्बेले बुधबार राति त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र ट्रमा सेन्टर पुगेर बाढीमा परी घाइते भएकाहरूलाई भेटेका हुन् । उनले उपचाररत घाइतेसँग भेट गरी उनीहरूको स्वास्थ्य अवस्था, उपचारको स्थिति र अस्पतालले उपलब्ध गराइरहेको सेवाबारे जानकारी लिएका थिए ।

Ncell
Extreme Energy

घाइतेहरूको अवस्था बुझ्दै आङ्देम्बेले विपद्को समयमा उपचारमा कुनै कमी हुन नदिन सरकारको ध्यानाकर्षण गराए । बाढीबाट घाइते भएका नागरिकको जीवनरक्षा र उपचार सरकारको पहिलो प्राथमिकतामा हुनुपर्नेमा उनले जोड दिए ।

उनले घाइतेहरूको उपचारमा आवश्यक पर्ने औषधि, स्वास्थ्य सेवा तथा अन्य व्यवस्थापनमा कुनै समस्या भए तत्काल समाधान गर्न सरकारसँग आग्रह गरे । विपद्का कारण घाइते भएका नागरिकलाई राज्यले अभिभावकीय भूमिका निर्वाह गर्दै आवश्यक सबै सहयोग उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो ।

आङ्देम्बेले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरे । उनले बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को यस कठिन घडीमा पीडित नागरिकको साथमा नेपाली कांग्रेस रहेको बताए ।

‘विपद्को यो समयमा घाइतेहरूको उपचारमा कुनै कमी हुनु हुँदैन । राज्यले आफ्नो सम्पूर्ण संयन्त्र परिचालन गरेर नागरिकको जीवनरक्षा र उपचारलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ,’ उनले भने ।

आङ्देम्बेले उद्धार, राहत र उपचारका लागि सरकारलाई आवश्यक सहयोग गर्न नेपाली कांग्रेस तयार रहेको पनि बताए । विपद्को सामना गर्न राजनीतिक दल, सरकार, सुरक्षा निकाय र नागरिक समाजबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् ।
बूढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न गगन थापाको अपिल

बूढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न गगन थापाको अपिल

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र सहयोगमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।
बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सेना परिचालन, ६ जनाको हवाई उद्धार

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सेना परिचालन, ६ जनाको हवाई उद्धार

प्रधानमन्त्री बालेन शाहले बूढीगण्डकी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षित स्थानान्तरणका लागि हेलिकप्टर परिचालन गरिएको बताएका छन्।
बूढीगण्डकी बाढीले अहिलेसम्म केके गर्‍यो?

बूढीगण्डकी बाढीले अहिलेसम्म केके गर्‍यो?

बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाका विभिन्न स्थानमा घर, झोलुङ्गे पुल, मोटरेबल पुल र जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्‍याएको छ।