नेभिगेशन
मुख्य कुरा

भाग्ने र प्रमाण नष्ट गर्ने देखिएपछि सडकबाटै उठाइए अख्तियारलाई नटेरेका सुनिल र विकल

काठमाडौं । टेलिकम र सूचना प्रविधि क्षेत्रमा नामुद बिचाैलियकाे छवि बनाएका सुनिल पाैडेल र विकल पाैडेल अख्तियारकाे भ्रष्टाचार मुद्दा बाेकिरहेका छन् । सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पाैडेलविरुद्ध भ्रष्टाचार आराेपमा २०८० वैशाखमा अख्तियारले  करिब ७० करोड रुपैँया  मागदाबीसहित मुद्दा दायर गरेको थियो । यस्तै नेपाल टेलिकमका तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध २०८० असोज १५ मा २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर भयाे । 

भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएपछि पनि सार्वजनिक सम्पत्तिको दुरुपयोग र हिनामिना गरेको तथा अकुत सम्पत्ति आर्जन गरेकाे आराेपमा दुवैजनाविरुद्ध  अख्तियारले छानबिन गरिरहेकाे थियो । तर, दुवैले अख्तियारलाई सहयोग गरिरहेका थिएनन् । अख्तियार स्रोतकाअनुसार अनुसन्धानका क्रममा बयानका लागि समेत अख्तियारलाई दुवैले बेवास्ता गरिरहेका थिए ।  

City Express

अख्तियार स्रोतका अनुसार सहयोगकाे साटो प्रमाण नष्ट गर्न र भाग्ने तयारीकाे सूचना पछि अख्तियारले दुवैजनालाई पक्राउ गर्ने नीति लियो ।  "आफ्नो आराेपमाथि स्पष्ट पार्न अख्तियारले पौडेलद्वयलाई बारम्बार ताकेता गरेको थियो । तर अख्यितारको पत्रलाई समेत बेवास्ता गर्दै सम्पर्कमा नआएपछी  निगरानी सुरु गरेको थियो," अख्तियार स्रोतले सिधाकुरासँग भन्यो ।

अख्तियारलाई बारम्बार नटेरेका उनीहरूलाई केहीदिन देखि अख्तियारले पछ्याइरहेकाे थियो र बुधबार दुवैलाई  बाटोबाटै उठाइयाे । 

अख्तियारको सम्पर्कमा नभएका सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल बुधबार तारेख बुझ्न विषेश अदालत पुगेका थिए । 

अदालतबाट तारेख बुझेर निस्किने तयारी गरेका पौडेललाई विषेश अदालतको गेटमा अख्तियारको टोलीले पर्खिरहेकाे थियो । उनी  गेटबाट बाहिर निस्किनै लाग्दा अख्तियारकाे टाेलीबाट पक्राउ खाए । 

यस्तै नेपाल टेलिकमका तत्त्कालिन कार्यकारी निर्देशक पौडेलले पनि अख्तियारको ताकेतालाई छल्दै आएका थिए । बुधबार उनी आफ्नो बि एए ९८६९ भक्सवागन कारमा पुतलीसडकबाट कमलपोखरीतर्फ जाँदै थिए । केहि दिन देखि अख्तियारको निगरानीमा रहेका उनलाई जरुरी पक्राउ पुर्जी थमाउँदै हात्तिसारस्थित कृष्णपाउरोटी अघि मुल सडकबाटै अख्तियारले  पक्राउ गर्याे । पक्राउ पछि  पौडेलको शान्तिनगरस्थित घरबाट केही महत्त्वपूर्ण कागजपत्र समेत नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । 


अख्तियारका प्रवक्ता नरहरी घिमिरेका अनुसार उनीहरुलाई गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धि मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको हो । 

नेपाल राष्ट्र बैंकको स्वीकृतिबिना विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा गरेको, सरकारी सेवामा रहेकै बेला अन्तर्राष्ट्रिय परामर्शदाताका रुपमा काम गरेको र सरकारी सेवामा रहेकै बेला अमेरिकाको पीआर लिएको देखिएकाले प्रमाण नष्ट गर्नसक्ने र भाग्नसक्ने देखिएकाले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ ।

पक्राउ परेका दुवैजनालाई भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतमा उपस्थित गराउने तयारी अख्तियारले गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य कुरा
बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध

बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध

जेनजीको प्रदर्शनकाक्रममा आपराधिक समूहद्वारा लुटिएका गरगहना बिक्री गर्न सुनचाँदी पसलमा ल्याउन सक्ने भएकाले बिल भर्पाइ बिनाका सुनचाँदीका गरगहना खरिद नगर्न अनुरोध गरेको हो ।
गाजा सहर आक्रमण रोक्न अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिन सहायता समूहहरूको आग्रह

गाजा सहर आक्रमण रोक्न अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिन सहायता समूहहरूको आग्रह

इजरायलले पहिले नै विनाश भइसकेको उत्तर क्षेत्रमा सैन्य अभियानलाई विस्तार गर्दै जाँदा गाजामा प्यालेस्टिनी मृतकको सङ्ख्या ६५ हजार नजिक पुगेको छ । “गाजामा देखिएको अवस्था केवल अभूतपूर्व मानवीय...
कैलालीमा २२६ कैदीबन्दी कारागार फर्किए

कैलालीमा २२६ कैदीबन्दी कारागार फर्किए

हालसम्म २७ महिला र १९९ पुरुष कैदीबन्दी कारागार फर्र्किएका जिल्ला कारागार कार्यालयका प्रमुख चिरञ्जीवी सापकोटाले जानकारी दिए । उनले केही कैदबन्दी भागेको भोलिपल्ट नै सम्पर्कमा आएका बताए ।...
कञ्चनपुर कारागारबाट बाहिरिएका दुई सय ३९ कैदीबन्दी फिर्ता

कञ्चनपुर कारागारबाट बाहिरिएका दुई सय ३९ कैदीबन्दी फिर्ता

कारागारमा रहेका २८ जना भारतीय कैदीबन्दीमध्ये १० जनालाई मात्रै प्रहरीले पक्राउ गर्न सफल भएको छ । अझै १८ जना भारतीय कैदीबन्दी फरार रहेका छन् । कारागारमा ४७९ कैदीबन्दी...