नेभिगेशन
मुख्य कुरा

भाग्ने र प्रमाण नष्ट गर्ने देखिएपछि सडकबाटै उठाइए अख्तियारलाई नटेरेका सुनिल र विकल

काठमाडौं । टेलिकम र सूचना प्रविधि क्षेत्रमा नामुद बिचाैलियकाे छवि बनाएका सुनिल पाैडेल र विकल पाैडेल अख्तियारकाे भ्रष्टाचार मुद्दा बाेकिरहेका छन् । सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पाैडेलविरुद्ध भ्रष्टाचार आराेपमा २०८० वैशाखमा अख्तियारले  करिब ७० करोड रुपैँया  मागदाबीसहित मुद्दा दायर गरेको थियो । यस्तै नेपाल टेलिकमका तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध २०८० असोज १५ मा २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर भयाे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएपछि पनि सार्वजनिक सम्पत्तिको दुरुपयोग र हिनामिना गरेको तथा अकुत सम्पत्ति आर्जन गरेकाे आराेपमा दुवैजनाविरुद्ध  अख्तियारले छानबिन गरिरहेकाे थियो । तर, दुवैले अख्तियारलाई सहयोग गरिरहेका थिएनन् । अख्तियार स्रोतकाअनुसार अनुसन्धानका क्रममा बयानका लागि समेत अख्तियारलाई दुवैले बेवास्ता गरिरहेका थिए ।  

Ncell
Extreme Energy

अख्तियार स्रोतका अनुसार सहयोगकाे साटो प्रमाण नष्ट गर्न र भाग्ने तयारीकाे सूचना पछि अख्तियारले दुवैजनालाई पक्राउ गर्ने नीति लियो ।  "आफ्नो आराेपमाथि स्पष्ट पार्न अख्तियारले पौडेलद्वयलाई बारम्बार ताकेता गरेको थियो । तर अख्यितारको पत्रलाई समेत बेवास्ता गर्दै सम्पर्कमा नआएपछी  निगरानी सुरु गरेको थियो," अख्तियार स्रोतले सिधाकुरासँग भन्यो ।

अख्तियारलाई बारम्बार नटेरेका उनीहरूलाई केहीदिन देखि अख्तियारले पछ्याइरहेकाे थियो र बुधबार दुवैलाई  बाटोबाटै उठाइयाे । 

अख्तियारको सम्पर्कमा नभएका सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल बुधबार तारेख बुझ्न विषेश अदालत पुगेका थिए । 

अदालतबाट तारेख बुझेर निस्किने तयारी गरेका पौडेललाई विषेश अदालतको गेटमा अख्तियारको टोलीले पर्खिरहेकाे थियो । उनी  गेटबाट बाहिर निस्किनै लाग्दा अख्तियारकाे टाेलीबाट पक्राउ खाए । 

यस्तै नेपाल टेलिकमका तत्त्कालिन कार्यकारी निर्देशक पौडेलले पनि अख्तियारको ताकेतालाई छल्दै आएका थिए । बुधबार उनी आफ्नो बि एए ९८६९ भक्सवागन कारमा पुतलीसडकबाट कमलपोखरीतर्फ जाँदै थिए । केहि दिन देखि अख्तियारको निगरानीमा रहेका उनलाई जरुरी पक्राउ पुर्जी थमाउँदै हात्तिसारस्थित कृष्णपाउरोटी अघि मुल सडकबाटै अख्तियारले  पक्राउ गर्याे । पक्राउ पछि  पौडेलको शान्तिनगरस्थित घरबाट केही महत्त्वपूर्ण कागजपत्र समेत नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । 


अख्तियारका प्रवक्ता नरहरी घिमिरेका अनुसार उनीहरुलाई गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धि मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको हो । 

नेपाल राष्ट्र बैंकको स्वीकृतिबिना विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा गरेको, सरकारी सेवामा रहेकै बेला अन्तर्राष्ट्रिय परामर्शदाताका रुपमा काम गरेको र सरकारी सेवामा रहेकै बेला अमेरिकाको पीआर लिएको देखिएकाले प्रमाण नष्ट गर्नसक्ने र भाग्नसक्ने देखिएकाले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ ।

पक्राउ परेका दुवैजनालाई भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतमा उपस्थित गराउने तयारी अख्तियारले गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।