नेभिगेशन
नेताका कुरा

प्रचण्ड भन्छन्– उद्धार कार्यमा सरकार अझ गम्भीर बन्नुपर्छ

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले उद्धार कार्यमा राज्य तथा वर्तमान सरकार अझ बढी जिम्मेवार र गम्भीर बन्नुपर्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज काठमााडौँमा आयोजित एक कार्यक्रममा संयोजक प्रचण्डले बाढी आएको लामो समयपछि नागरिकको सकुशल उद्धार हुनु सन्तोषजनक भए पनि समयमै उद्धार कार्यलाई अझ घनीभूत गर्न सकेको भए थप मानिसको ज्यान बचाउन सकिने दाबी गरे ।

Ncell
Extreme Energy

आगामी दिनमा विपद् व्यवस्थापन र उद्धार कार्यमा राज्य तथा वर्तमान सरकार अझ बढी जिम्मेवार र गम्भीर बन्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । उनले विपद्को घडीमा त्रास देखाएर नभई कर्मचारीहरूलाई अझ बढी प्रेरित र जिम्मेवार बनाएर निष्ठापूर्वक काममा खटाउनुपर्ने बताए ।

उनले हाल देशको राजनीति, कर्मचारी संयन्त्र र राज्यका सम्पूर्ण निकायहरूमा एक प्रकारको अन्योल, अनिश्चय र अस्थिरताको अवस्था देखिएको समेत उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

रसुवादेखि धादिङसम्म विपत्ति मच्चाएको भदौ १० गतेको बाढीले कति मानिसलाई बगायो ? कति मानिसको मृत्यु भयो ? वा कति मानिस अझै जीवनको पर्खाइमा छन् ? यसको कुनै टुंगो...
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

तर, खोज तथा उद्धारमा खटिएका सुरक्षा फौजको संयुक्त टोलीले विनाशकारी बाढीमा पुरिएको एउटा घरबाट ११औँ दिनमा एक महिलाको जीवितै उद्धार ग¥र्यो । टोलीले बेत्रावतीका आनन्दलाल श्रेष्ठको श्रीमती ६४...
भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत

भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत

सशस्त्र प्रहरीले मृतकका आश्रित परिवारलाई राष्ट्रसेवकका तर्फबाट तत्काल रु १५ लाख र ‘सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा निजको हकवालारआश्रित परिवारलाई उपलब्ध गराउने राहतसम्बन्धी कार्यविधि,२०७९’ बमोजिम रु पाँच लाख...
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

बाढीले जिल्लामा ४१ किलोमिटर सडक, छ वटा पक्की पुल, आठ वटा ‘बेलिब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ । बाढीबाट भोटेकोशी र त्रिशूली नदी तथा लाङ्टाङ खोलामा...