नेभिगेशन
समाज

बूढीगण्डकीको बाढीले नाम्रुङमा पुल र जलविद्युतमा क्षति, चुमनुब्रीवासी र पर्यटक समस्यामा

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई पुल र दुई जलविद्युत् आयोजना बगाएको छ । यसबाट  चुमनुब्रीवासी समस्यामा परेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहिरोसहित आएको बाढीले मनास्लु पदमार्गका दुई पुल र दुई जलविद्युत् आयोजना बगाएको स्थानीय लाक्पा डुण्डुप लामाले जानकारी दिए । 

Ncell
Extreme Energy

थेराङ खोलाको बाढीले नाम्रुङबाट मनास्लु क्षेत्रतर्फ जाने पुल बगाएको छ भने सो बाढीले बूढीगण्डकीको बहाव बढ्न गई नाम्रुङभन्दा तल जङ्गलस्थित पुल पनि बगाएको जनाइएको छ । 

साथै स्थानीयले उपभोग गर्दै आएका दुईवटा लघुजलविद्युत् आयोजनामा  क्षति पुर्याएको उनले बताए ।

विद्युत नहुँदा बत्ती, सञ्चार सेवा तथा विद्युत्बाट चल्ने सबै सेवा ठप्प भएको छ । पुल बगाएपछि भर्खर सुरु हुँदै गरेको मनास्लुको पर्यटक आवागमन प्रभावित भएको छ । लार्केपासका लागि गएका सयौँ पर्यटक बूढीगण्डकीको पुल नहुँदा समस्यामा परेका छन् ।

पहिरोसँगै आएको बाढीले राति स्थानीय चारजनाको घर बगाएको प्रहरीले जनाएको छ । बाढीले स्थानीय नुर्वु ओङ्ग्याल, ओर्गेन छयोदेन, लाक्पा भुटी र मिङ्मार लामाको घर बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसद् भवन परिसरमा जेनजी पार्क शिलान्यास

संसद् भवन परिसरमा जेनजी पार्क शिलान्यास

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरुको  स्मृतिमा संसद् भवन परिसरमा ‘जेनजी मेमोरियल पार्क’को शिलान्यास गरिएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छोबीच भेटवार्ता

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आइतबार सम्पन्न द्विपक्षीय भेटवार्ताका क्रममा गत २६ अगस्टमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता हुनुभएका गणतन्त्र कोरियाका नागरिकहरूको खोजी तथा उद्धार कार्यका विषयमा पनि गम्भीर...
भोटेकोशी बाढीपछि हराइरहेका बाँकेका १६ आफन्तको डिएनए सङ्कलन

भोटेकोशी बाढीपछि हराइरहेका बाँकेका १६ आफन्तको डिएनए सङ्कलन

रसुवाको भोटेकोशी बाढीपछि हराइरहेका वा ज्यान गुमाएका व्यक्तिको शव पहिचानका लागि बाँकेका १६ जना आफन्तको डिएनए नमूना सङ्कलन गरिएको छ।
मौसमविद भन्छन्– यो साता पनि मनसुन सक्रिय, बाढीपीडित र उद्धारकर्मीलाई मौसमले साथ नदिनसक्छ

मौसमविद भन्छन्– यो साता पनि मनसुन सक्रिय, बाढीपीडित र उद्धारकर्मीलाई मौसमले साथ नदिनसक्छ

नेपालमा यो साता मनसुन सक्रिय रहने भएकाले देशभर पानी पर्ने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।

भर्खरै