नेभिगेशन
नेताका कुरा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केन्द्रीय कार्यालय सानेपामा जारी कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले तीन जिल्लामा नियमित वडा अधिवेशन सम्भव नभएको बताएका हुन् ।

Ncell
Extreme Energy

बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेर फर्केका सभापति थापाले भने– ‘रसुवा, नुवाकोट र धादिङमा नियमित रुपमा वडा अधिवेशन गर्न सम्भव छैन।’ सभापति थापाले ती जिल्लामा के गर्ने भनेर बैठकले टुंगो लगाउनु पर्ने बताए ।

उनले असोज १६–१९ का लागि तय गरिएको महाधिवेशनको मिति भने तलमाथि गर्न सकिने बताए । ‘असोज १६ गते काठमाडौँमा महाधिवेशन सुरु हुन्छ, यसलाई तलमाथि गर्ने छुट हामीलाई छैन, अरु ठाउँमा के गर्ने, छलफल गरौँ।’

सभापति थापाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्न पार्टीले घोषणा गरेको रकम एक दुई दिनमै जम्मा गरिने पनि जानकारी दिए ।

उनले बाढी प्रभावित क्षेत्रमा खोजी, राहत र उद्धारमा केही कमजोरी देखिएको बताए । ‘केही ग्याप छ, कमीकमजोरी भएका छन्, त्यो बताउने काम हाम्रो हो । सुन्ने नसुन्ने सरकारको हो’ उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
टिपरको ठक्करबाट एक जनाको मृत्यु

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा । टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
गगनले शेखर र पूर्णबहादुरलाई भेटेपछि बसेको कांग्रेस बैठकमा के हुँदैछ ?

गगनले शेखर र पूर्णबहादुरलाई भेटेपछि बसेको कांग्रेस बैठकमा के हुँदैछ ?

सभापति गगनकुमार थापाले हिजो र आज गरी इतरपक्षका दुई नेता डा. शेखर कोइराला र पूर्णबहादुर खड्कालाई भेटेर पार्टीको विवाद समाधानबारे छलफल गरेपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको हो...
रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी

हिमपहिरोसहित ल्हेन्दे खोला हुँदै भोटेकोशीमा गएको अकल्पनीय बाढीले रसुवागढीस्थित दुवैतर्फका सरकारी कार्यालयसहित सडकमार्ग बगाएपछि केरुङका गोदाममा रहेका ४०० कन्टेनरभन्दा बढी सामन वैकल्पिक सडकमार्ग प्रयोग गरी ढुवानी गर्ने काम...
भदौ १० भन्दा ठूलो बाढीको जोखिम

भदौ १० भन्दा ठूलो बाढीको जोखिम

भदौ १० भन्दा ठूलो बाढीको जोखिम