नेभिगेशन
नेताका कुरा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केन्द्रीय कार्यालय सानेपामा जारी कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले तीन जिल्लामा नियमित वडा अधिवेशन सम्भव नभएको बताएका हुन् ।

Extreme Energy

बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेर फर्केका सभापति थापाले भने– ‘रसुवा, नुवाकोट र धादिङमा नियमित रुपमा वडा अधिवेशन गर्न सम्भव छैन।’ सभापति थापाले ती जिल्लामा के गर्ने भनेर बैठकले टुंगो लगाउनु पर्ने बताए ।

उनले असोज १६–१९ का लागि तय गरिएको महाधिवेशनको मिति भने तलमाथि गर्न सकिने बताए । ‘असोज १६ गते काठमाडौँमा महाधिवेशन सुरु हुन्छ, यसलाई तलमाथि गर्ने छुट हामीलाई छैन, अरु ठाउँमा के गर्ने, छलफल गरौँ।’

सभापति थापाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्न पार्टीले घोषणा गरेको रकम एक दुई दिनमै जम्मा गरिने पनि जानकारी दिए ।

उनले बाढी प्रभावित क्षेत्रमा खोजी, राहत र उद्धारमा केही कमजोरी देखिएको बताए । ‘केही ग्याप छ, कमीकमजोरी भएका छन्, त्यो बताउने काम हाम्रो हो । सुन्ने नसुन्ने सरकारको हो’ उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्ने सोच बनाउनेमाथि कारबाही हुन्छः प्रहरी

सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्ने सोच बनाउनेमाथि कारबाही हुन्छः प्रहरी

पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा आम नागरिकमा भ्रम तथा नकारात्मकता सृजना हुने, सुरक्षा जोखिमका साथै नागरिकको सेवामा सदैव समर्पित संस्थाप्रतिको विश्वास, सांगठनिक...
बाइनान्समार्फत २ अर्ब १६ करोडको क्रिप्टो कारोबार गरेको आरोपमा सुनिल पक्राउ

बाइनान्समार्फत २ अर्ब १६ करोडको क्रिप्टो कारोबार गरेको आरोपमा सुनिल पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यादवले आफ्नो बाइनान्स खातामार्फत २ करोड ६९ लाख ९१ हजार ३८८.५० यूएसडीटी ९ग्क्म्त्० बराबरको कारोबार गरेका थिए। प्रहरीले एक यूएसडीटीको मूल्य १५१...
न्याय सम्पादनको कार्यमा निष्ठापूर्वक प्रतिबद्ध छुः न्यायाधीश पौडेल

न्याय सम्पादनको कार्यमा निष्ठापूर्वक प्रतिबद्ध छुः न्यायाधीश पौडेल

न्यायाधीश पौडेलले आज प्रेस विज्ञप्ति जारी गरी समाचारमा उल्लेख गरिएका व्यक्तिलगायत अन्य कसैसँग आफूको भेटघाट नभएको स्पष्ट पारेका छन् ।
न्यायपालिकाको प्रतिष्ठामा आँच पुग्ने गरी कुनै कार्य गरेको छैनः न्यायाधीश हरि फुयाल

न्यायपालिकाको प्रतिष्ठामा आँच पुग्ने गरी कुनै कार्य गरेको छैनः न्यायाधीश हरि फुयाल

बुधबार जारी गरेको वक्तव्यमा उनले स्वतन्त्र, निष्पक्ष र सुशासनसहितको न्यायपालिकाप्रति आफ्नो पूर्ण प्रतिबद्धता रहेको उल्लेख गर्दै नेपालको न्यायिक विचलनसम्बन्धी भइरहेको अनुसन्धानप्रति पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता व्यक्त...

भर्खरै