नेभिगेशन
समाज

बेलायती उपसभामुख नोक्स र पूर्वउपसभामुख रानाबीच भेटवार्ता, नेपालका बाढी प्रभावितलाई सहयोग गर्ने प्रतिबद्धता

काठमाडौँ । पूर्वउपसभामुख एवं प्रतिनिधि सभा सदस्य इन्दिरा रानामगरले बेलायतको संसद् (हाउस अफ कमन) की उपसभामुख क्यारोलिन नोक्ससँग भेट गरेकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बेलायत भ्रमणका क्रममा पूर्वउपसभामुख रानाले लण्डनस्थित हाउस अफ कमनमा उपसभामुख नोक्ससँग भेट गरी नेपालमा आएको विनाशकारी बाढी र यसले पारेको प्रभाव, नेपालले पाउनुपर्ने न्याय र क्षतिपूर्तिको विषय उठाएकी हुन् । 

Ncell
Extreme Energy

पूर्वउपसभामुख रानाले नेपाल र बेलायतबीच ऐतिहासिक सम्बन्ध रहेको, बेलायतका लागि नेपाली गोर्खा सैनिकले ठूलो योगदान गरेको भन्दै नेपालको विपत्तिमा बेलायतको संसदले सहयोग गर्ने अपेक्षा गरिन् । उनले नेपालको जलवायु न्यायका लागि बोलिदिन पनि उपसभामुख नोक्सलाई अनुरोध गरेकी थिइन् । 

उपसभामुख नोक्सले नेपाल बेलायतको परिवारजस्तै भन्दै यो विपत्तिमा आफूहरु नेपालसँगै साथमा रहेको बताइन् । उनले संसदमा नेपाललाई विशेषरुपमा हेर्नुपर्छ भनेर आवाज उठेको र सरकारबाट सहयोग घोषणा भएको पनि जानकारी गराइन् । जलवायु परिवर्तनको मुद्दा सबैको देशको साझा दायित्व भन्दै उपसभामुख नोक्सले नेपालको न्यायका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता पनि जनाइन् । 

भेटमा संसदीय अभ्यास आदान प्रदानका विषयमा पनि छलफल भएको थियो । भेटमा बेलायत निवासी समाजसेवी रविन्द्रजंग लामिछाने पनि सहभागी थिए । 

पूर्वउपसभामुख रानाले हाउस अफ कमनमा अन्य सांसदहरुसँग भेट गरी नेपालले भोगेको विपत्ति र जलवायु न्यायबारे छलफल गरेकी थिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्धार, राहत र पुनःस्थापनामा सरकार निरन्तर लागिरहेको छ : प्रमुख सचेतक बुर्लाकोटी

उद्धार, राहत र पुनःस्थापनामा सरकार निरन्तर लागिरहेको छ : प्रमुख सचेतक बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले बाढीबाट प्रभावित भएकाको उद्धार, राहत र पुनःस्थापना लगायतमा सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी निरन्तर रुपमा लागिरहेको बताए ।
जोखिमयुक्त बस्ती सार्ने यस्तो छ बालेन सरकारको बृहत् योजना, प्रतिभालाई जिम्मा

जोखिमयुक्त बस्ती सार्ने यस्तो छ बालेन सरकारको बृहत् योजना, प्रतिभालाई जिम्मा

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले जोखिमयुक्त बस्ती सार्ने सरकारको योजनालाई अझ बल दिएको छ ।
कांग्रेस कार्यसम्पादन समिति बैठक आज बस्दै

कांग्रेस कार्यसम्पादन समिति बैठक आज बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ ।
चार प्रदेशमा भारी वर्षाको सम्भावना

चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज देशका चार प्रदेशमा भारी वर्षाको प्रक्षेपण गरिएको छ ।