नेभिगेशन
समाज

उद्धार, राहत र पुनःस्थापनामा सरकार निरन्तर लागिरहेको छ : प्रमुख सचेतक बुर्लाकोटी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको सहिद लखन र चितवनको इच्छाकामना गाउँ पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गोरखा २ का प्रतिनिसभा सदस्यसमेत रहनुभएका उहाँले यी दुई गाउँपालिका बाढीका कारण सङ्कटमा रहेको जानकारी दिए । सरकारले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका नदी तटीय केही पालिकाहरुलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । सांसद बुर्लाकोटीले यहाँ सञ्चारकर्मीसंग कुराकानी गर्दै भोटेकोशी बाढीबाट चितवनको इच्छाकामना र गोरखाको सहिद लखन गाउँपालिकाका केही क्षेत्र पनि प्रभावित भएको जनाउँदै सरकारले यसलाई पनि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने बताए ।  

Ncell
Extreme Energy

यस विषयमा आफूले सरकार र पार्टीमा कुरा राखिसकेको जनाउँदै विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएसँगै दुवै पालिकाका प्रभावितलाई राज्यका तर्फबाट सम्बोधन गर्न सकिने बताए । उनले भने,“बाढीले यी दुवै पालिकामा क्षति पुर्याएको छ । नदी तटीय क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । नदी किनारमा रहेका पर्यटकीय होटल र उद्योगमा क्षति पुगेको छ । दुवै गाउँपालिका त्रिशूली नदीको वारी र पारी पर्दछन् । भोटेकोशीबाट आएको बाढी यिनै पालिकासँगैको त्रिशूली नदी हुँदै नारायणीमा मिसिएको हो । ”
 
सरकारले रसुवाको उत्तरगया, गोसाइकुण्ड, कालिका र आमाछोदिङमो गाउँपालिका, नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका, नुवाकोटकै किस्पाङ र तारकेश्वर गाउँपालिकाकालाई विपद्त सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । धादिङको गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका, तनहुँको देवघाट र आँबुखैरेनी गाउँपालिकालाई विपद्त सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
 
यससँगै यी दुई पालिकालाई थप गर्न उनले माग गरेका हुन् । यसले राज्यको लगानी बढ्नेसँगै राहत, उद्धार, क्षतिको पुनःनिर्माण, गैरसरकारी सङ्घसंस्थालाई काम गर्न बाटो खुला हुने प्रमुख सचेतक बुर्लाकोटी बताए । 

बाढीबाट प्रभावित परिवारलाई भेट्ने क्रममा आज चितवन हुँदै गोरखा गएका बुर्लाकोटीले बाढीबाट प्रभावित भएकाको उद्धार, राहत र पुनःस्थापना लगायतमा सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी निरन्तर रुपमा लागिरहेको बताए ।

सरकारले गोरखालगायतका जिल्लाबाट संघीय राजधानी जाने कृष्णभिरसहितका सडकको मर्मत र वैकल्पिक मार्ग निर्माणमा तीव्र गतिमा काम गरिरहेकाले छिट्टै संघीय राजधानीसँगको यातायात सहज हुने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जोखिमयुक्त बस्ती सार्ने यस्तो छ बालेन सरकारको बृहत् योजना, प्रतिभालाई जिम्मा

जोखिमयुक्त बस्ती सार्ने यस्तो छ बालेन सरकारको बृहत् योजना, प्रतिभालाई जिम्मा

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले जोखिमयुक्त बस्ती सार्ने सरकारको योजनालाई अझ बल दिएको छ ।
बेलायती उपसभामुख नोक्स र पूर्वउपसभामुख रानाबीच भेटवार्ता, नेपालका बाढी प्रभावितलाई सहयोग गर्ने प्रतिबद्धता

बेलायती उपसभामुख नोक्स र पूर्वउपसभामुख रानाबीच भेटवार्ता, नेपालका बाढी प्रभावितलाई सहयोग गर्ने प्रतिबद्धता

पूर्वउपसभामुख एवं प्रतिनिधि सभा सदस्य इन्दिरा रानामगरले बेलायतको संसद् (हाउस अफ कमन) की उपसभामुख क्यारोलिन नोक्ससँग भेट गरेकी छिन् ।
कांग्रेस कार्यसम्पादन समिति बैठक आज बस्दै

कांग्रेस कार्यसम्पादन समिति बैठक आज बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ ।
चार प्रदेशमा भारी वर्षाको सम्भावना

चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज देशका चार प्रदेशमा भारी वर्षाको प्रक्षेपण गरिएको छ ।