नेभिगेशन
समाज

भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति शोक व्यक्त

काठमाडौँ । भोटेकोशी बाढीलगायत विपद्का घटनामा ज्यान गुमाएकाहरूप्रति आज शोक व्यक्त गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको थियो। 

Marvel
Extreme Energy

राष्ट्रिय शोक दिवसका अवसरमा सिंहदरबारस्थित विभिन्न मन्त्रालय तथा सरकारी कार्यालयमा राष्ट्रिय झण्डा झुकाइएको छ। देशभरका सरकारी कार्यालयमा पनि राष्ट्रिय शोकको सम्मानस्वरूप राष्ट्रिय झण्डा आधा झुकाइएको छ।

रसुवामा आएको बाढीका कारण ठूलो मानवीय क्षतिसँगै घर, सडक, पुल, बजार तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुगेको छ। बाढी तथा पहिरोका कारण ठूलो संख्यामा नागरिक प्रभावित भएका छन्।

बाढीमा परी ज्यान गुमाएकाहरूको शव विभिन्न स्थानबाट उद्धार गरी व्यवस्थापन गर्ने तथा बेपत्ताको खोजी कार्य अझै जारी छ। त्रिशूली नदीमा बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहितका सुरक्षा निकाय परिचालन गरिएको छ। नदी तथा नदी किनारका जोखिमपूर्ण क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।

उपलब्ध विवरणअनुसार बाढी तथा अन्य विपद्का घटनामा हालसम्म १ हजार ३५५ जनाको मृत्यु भएको छ भने करिब ५ हजार अझै सम्पर्कविहीन छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तिहारमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गराउन जुटे ऊर्जामन्त्री श्रेष्ठ

तिहारमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गराउन जुटे ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्ने र त्यसलगत्तै सुरु हुने सुख्खायामको विद्युत् व्यवस्थापनका लागि पूर्वतयारी तथा योजनाबद्ध कामलाई प्राथमिकतामा राख्न...
ट्रम्प र भान्समाथि अल-सयदको व्यङ्ग्य: 'जेडी हबीबी, जनवरीमा मलाई शपथ खुवाउने तिमी नै हौ'

ट्रम्प र भान्समाथि अल-सयदको व्यङ्ग्य: 'जेडी हबीबी, जनवरीमा मलाई शपथ खुवाउने तिमी नै हौ'

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको प्रहारका बीच जितेर इतिहास रचेका सयदले डिट्रोइटस्थित चुनावी कार्यालयमा जम्मा भएका सयौँ समर्थकलाई सम्बोधन गर्दै चुनावी प्रचारका क्रममा आफूलाई निरन्तर आलोचना गर्ने अमेरिकी उपराष्ट्रपति...
सरकारका गतिविधिले फेरि जनताले दुःख पाउने दिन नआओस् : महामन्त्री डिला संग्रौला

सरकारका गतिविधिले फेरि जनताले दुःख पाउने दिन नआओस् : महामन्त्री डिला संग्रौला

नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले वर्तमान सरकारले प्रहरी संगठनमा हस्तक्षेप गरेको आरोप लगाउँदै सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छिन् ।

भर्खरै