नेभिगेशन
समाज

जलविद्युतका सुरुङमा निरन्तर खोजी

काठमाडौँ । नेपाली सेनाले ब्रेक थ्रु नभएसम्म बाढीले क्षति भएका जलविद्युत आयोजनाको टनेलमा खोज तथा उद्धारको कार्य नरोकिने जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका सहायक रथी सुवासजंग थापाले टनेलमा खोज तथा उद्धार कार्य तीव्र रुपमा भइरहेको भन्दै सरकारले काम रोख्ने निर्णय गरेको अवस्थामा बाहेक ब्रेक थू्र नभएसम्म काम नरोकिने स्पष्ट पारे ।

Ncell
Extreme Energy

बाढीले प्रभावित जलविद्युत आयोजनाहरुमा करिव १ सय २१ जना नागरिक फसेको अनुमान सेनाले गरेको छ । रसुवागढी जलविद्युत आयोजनामा खोज तथा उद्धारको टोली तथा आयोजनाको प्रतिनिधि सहितको टोली पावरहाउस र कन्ट्रोल प्वाइन्टसम्म पुगी खोजी कार्य गरिएको सहायक रथी थापाले बताए ।

त्यस्तै त्रिशूली–३ ए को पावरहाउस तथा टनेलमा सेनाको फौज रेस्क्यु इक्विपमेन्ट सहित निरन्तर खोजमा लागिरहेको उनले बताए ।

त्रिशूली–३ बी मा अडिट २ बाट फौज छिरी अडिट १ बाट निस्किएको र  अडिट २ टनेलबाट एक्स्काभेटर लगायतका उपकरण लैजान सक्ने गरी बाटो बनाउने काम भइरहेको समेत उनले जानकारी दिए ।

त्यसैगरी चिलिमे हाइड्रोमा विदेशी सहितको संयुक्त टोलीले उपकरणको सहायतामा लेदो फाल्ने काम गरेको, माथिल्लो त्रिशूली–१ मा विदेशी सहितको टोलीले थप खोजी कार्य गरेको समेत थापाले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

बाढीले घर मात्रै बगाउँदैन रहेछ । कहिलेकाहीँ घरसँगै मान्छेको आशा र जिजीविषा पनि सँगै बगाएर लैजाँदो रहेछ ।
कांग्रेसले फेरि सार्‍यो वडा अधिवेशन, महाधिवेशन के हुन्छ ?

कांग्रेसले फेरि सार्‍यो वडा अधिवेशन, महाधिवेशन के हुन्छ ?

असन्तुष्ट पक्षलाई समेट्न महाधिवेशनको मिति पनि परिवर्तन हुनसक्ने कांग्रेसका नेताहरुले बताएका छन् ।
राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै

राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै

राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
मनास्लु र लार्के पदमार्गमा नजान प्रशासनले गर्‍यो आग्रह

मनास्लु र लार्के पदमार्गमा नजान प्रशासनले गर्‍यो आग्रह

गोरखाको चुमनुव्री गाउँपालिका–४ नामरुङस्थित थेराङ्खोलामा आइतबार बिहान बाढी आएको छ।