नेभिगेशन
समाज

जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारका लागि भदौ २३ अझै सकिएको छैन– एमाले

काठमाडौँ । नेकपा (एमाले) ले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका परिवारका लागि एक वर्ष बितिसक्दा पनि भदौ २३ नसकिएको बताएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमालेले जारी गरेको वक्तव्यमा आफ्ना सन्तान गुमाएका परिवारका लागि त्यस दिनको पीडा अझै ताजा रहेको उल्लेख गरिएको छ। आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको क्षतिको पूर्ति कुनै पनि शब्दबाट गर्न नसकिने एमालेले जनाएको छ।

Marvel
Extreme Energy

'त्यतिबेला सरकारको नेतृत्वमा हाम्रो पार्टी थियो। यो सत्य हो र हामी यस सत्यबाट पन्छिँदैनौँ,' एमालेले भनेको छ।

नागरिकको अमूल्य जीवन गुम्ने गरी भएको घटनाप्रति आफूहरू सधैँ गम्भीर र दुःखी रहेको एमालेले जनाएको छ।

त्यस दिनको शान्तिपूर्ण प्रदर्शनमा कसले, किन र कसरी घुसपैठ गर्‍यो तथा कस–कसको कहाँ–कहाँ कमजोरी रह्यो भन्ने सत्य–तथ्य बाहिर आउने एमालेको भनाइ छ ।

'दोषी जोसुकै भए पनि कानुनबमोजिम सजाय पाउनुपर्छ र पीडित न्यायबाट वञ्चित हुनु हुँदैन,' एमालेले भनेको छ।

एमालेले आजको दिनलाई गम्भीर घटनालाई सम्झने, पीडितका कुरा सुन्ने, उनीहरूलाई स्मरण गर्ने र भविष्यमा यस्तो पीडा फेरि कहिल्यै दोहोरिन नदिने दृढ सङ्कल्प गर्ने दिनका रूपमा लिनुपर्ने जनाएको छ।

'मानिसको जीवनभन्दा ठूलो अरू केही हुन सक्दैन,' एमालेले भनेको छ।

आन्दोलनका क्रममा ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै एमालेले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना र घाइतेप्रति सम्मान व्यक्त गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तिहारमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गराउन जुटे ऊर्जामन्त्री श्रेष्ठ

तिहारमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गराउन जुटे ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्ने र त्यसलगत्तै सुरु हुने सुख्खायामको विद्युत् व्यवस्थापनका लागि पूर्वतयारी तथा योजनाबद्ध कामलाई प्राथमिकतामा राख्न...
ट्रम्प र भान्समाथि अल-सयदको व्यङ्ग्य: 'जेडी हबीबी, जनवरीमा मलाई शपथ खुवाउने तिमी नै हौ'

ट्रम्प र भान्समाथि अल-सयदको व्यङ्ग्य: 'जेडी हबीबी, जनवरीमा मलाई शपथ खुवाउने तिमी नै हौ'

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको प्रहारका बीच जितेर इतिहास रचेका सयदले डिट्रोइटस्थित चुनावी कार्यालयमा जम्मा भएका सयौँ समर्थकलाई सम्बोधन गर्दै चुनावी प्रचारका क्रममा आफूलाई निरन्तर आलोचना गर्ने अमेरिकी उपराष्ट्रपति...
सरकारका गतिविधिले फेरि जनताले दुःख पाउने दिन नआओस् : महामन्त्री डिला संग्रौला

सरकारका गतिविधिले फेरि जनताले दुःख पाउने दिन नआओस् : महामन्त्री डिला संग्रौला

नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले वर्तमान सरकारले प्रहरी संगठनमा हस्तक्षेप गरेको आरोप लगाउँदै सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छिन् ।

भर्खरै