नेभिगेशन
नेताका कुरा

गृहमन्त्रीले भने– ती तीन–चार जना छन् नि...

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनलाई कम नआँक्न चेतावनी दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज जेनजी सहिद स्मृति दिवसको अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले अझै पनि केही दलका केही नेताले जेनजी आन्दोलनका बारेमा नकारात्मक टिप्पणी गरिरहेको भन्दै उनीहरुलाई सुध्रिन आग्रह गरे ।

Marvel
Extreme Energy

‘ती तीन–चार जना छन् नि, उनीहरु अझै पनि जेनजी आन्दोलनका बारेमा अनेक कुरा गरिरहेका छन्, उनीहरुले बुझ्नुपर्छ’ उनले भने ‘समय छ, सुध्रिनुस्।’

गृहमन्त्री गुरुङले जेनजीले उठाएका मागहरु सम्बोधन हुने आश्वासन दिए । उनीहरुका माग पुरा नहुन फेरि पनि गोली चल्नुपर्ने र त्यो गोली आफ्नो टाउकोमा लागेको हुनुपर्ने उनको भनाइ थियो ।

सरकार सुशासन स्थापना गर्न लागिपरेको बताउँदै मन्त्री गुरुङले कसैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको थाहा पाए सरकारले नछाड्ने बताए ।

कार्यक्रममा कानुनमन्त्री सोविता गौतम, सांसदहरु खगेन्द्र सुनार, सोम शर्मा लगायतले जेनजी आन्दोलनका माग र मुद्दा वर्तमान सरकारले पूरा गर्ने बताएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
तिहारमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गराउन जुटे ऊर्जामन्त्री श्रेष्ठ

तिहारमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गराउन जुटे ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्ने र त्यसलगत्तै सुरु हुने सुख्खायामको विद्युत् व्यवस्थापनका लागि पूर्वतयारी तथा योजनाबद्ध कामलाई प्राथमिकतामा राख्न...
ट्रम्प र भान्समाथि अल-सयदको व्यङ्ग्य: 'जेडी हबीबी, जनवरीमा मलाई शपथ खुवाउने तिमी नै हौ'

ट्रम्प र भान्समाथि अल-सयदको व्यङ्ग्य: 'जेडी हबीबी, जनवरीमा मलाई शपथ खुवाउने तिमी नै हौ'

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको प्रहारका बीच जितेर इतिहास रचेका सयदले डिट्रोइटस्थित चुनावी कार्यालयमा जम्मा भएका सयौँ समर्थकलाई सम्बोधन गर्दै चुनावी प्रचारका क्रममा आफूलाई निरन्तर आलोचना गर्ने अमेरिकी उपराष्ट्रपति...
सरकारका गतिविधिले फेरि जनताले दुःख पाउने दिन नआओस् : महामन्त्री डिला संग्रौला

सरकारका गतिविधिले फेरि जनताले दुःख पाउने दिन नआओस् : महामन्त्री डिला संग्रौला

नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले वर्तमान सरकारले प्रहरी संगठनमा हस्तक्षेप गरेको आरोप लगाउँदै सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छिन् ।

भर्खरै