नेभिगेशन
समाज

हवाई माध्यमबाट ४ हजार ४० जनाको उद्धार

काठमाडौँ । नेपाली सेनाले भोटेकोशी बाढी प्रभावित विभिन्न क्षेत्रबाट आज दिउँसो ३ बजेसम्म हवाई साधनमार्फत थप २० जनाको उद्धार गरेको छ। हालसम्म हवाई साधनबाट ४ हजार ४० जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ७५७ जना नेपाली र २८३ जना विदेशी नागरिक छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रसुवागढी जलविद्युत आयोजनामा कम्पोजिट क्विक रेस्पोन्स टिम तथा आयोजनाका प्रतिनिधिसहितको टोली पावर हाउस र कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजी कार्य गरिरहेको छ।

Marvel
Extreme Energy

रसुवा भोटेकोशी जलविद्युत आयोजनाको रोङ्गास्थित केबल टनेलमा संयुक्त टोलीले ड्रोनमार्फत खोजी गर्दा एक शव फेला पारेको छ।

लाङटाङ जलविद्युत आयोजनामा पनि संयुक्त उद्धार टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ।

चिलिमे हाइड्रोमा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले ६/६ मिटर लम्बाइका चार वटा ठूला पाइप प्रयोग गरी हिँड्न मिल्ने बाटो तयार पारेको छ। स्याफ्रुवेशीदेखि चिलिमे जलविद्युत आयोजनाको टनेलसम्म हेभी इक्विपमेन्ट लैजान सडकमा रहेको ठूलो ढुंगा ब्लास्टिङ गरी हटाइएको छ। मेजर रकसम्म पुग्न अझै ९५ मिटर बाँकी रहेको छ।

विन्च मेसिन र बकेटको प्रयोग गरी टनेलभित्रको डेब्रिज हटाउने काम भइरहेको छ। संयुक्त टोली टनेलभित्र ११५ मिटरसम्म प्रवेश गरी खोजी कार्य गरिरहेको छ।

माथिल्लो त्रिशूली–१ मा विदेशी प्राविधिकसहितको संयुक्त टोली मुख्य प्रवेश टनेलमा करिब ४०० मिटरसम्म प्रवेश गरी खोजतलास गरिरहेको छ।

त्रिशूली–३ ए को पावरहाउस तथा टनेलमा नेपाली सेनाका ३४ जना, सशस्त्र प्रहरी बलका चार जना र आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले खोजी कार्य गरिरहेको छ।

त्रिशूली–३ बी मा नेपाली सेनाका १०१ जना र आयोजनाका प्रतिनिधिसहितको टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तिहारमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गराउन जुटे ऊर्जामन्त्री श्रेष्ठ

तिहारमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गराउन जुटे ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्ने र त्यसलगत्तै सुरु हुने सुख्खायामको विद्युत् व्यवस्थापनका लागि पूर्वतयारी तथा योजनाबद्ध कामलाई प्राथमिकतामा राख्न...
ट्रम्प र भान्समाथि अल-सयदको व्यङ्ग्य: 'जेडी हबीबी, जनवरीमा मलाई शपथ खुवाउने तिमी नै हौ'

ट्रम्प र भान्समाथि अल-सयदको व्यङ्ग्य: 'जेडी हबीबी, जनवरीमा मलाई शपथ खुवाउने तिमी नै हौ'

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको प्रहारका बीच जितेर इतिहास रचेका सयदले डिट्रोइटस्थित चुनावी कार्यालयमा जम्मा भएका सयौँ समर्थकलाई सम्बोधन गर्दै चुनावी प्रचारका क्रममा आफूलाई निरन्तर आलोचना गर्ने अमेरिकी उपराष्ट्रपति...
सरकारका गतिविधिले फेरि जनताले दुःख पाउने दिन नआओस् : महामन्त्री डिला संग्रौला

सरकारका गतिविधिले फेरि जनताले दुःख पाउने दिन नआओस् : महामन्त्री डिला संग्रौला

नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले वर्तमान सरकारले प्रहरी संगठनमा हस्तक्षेप गरेको आरोप लगाउँदै सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छिन् ।

भर्खरै