नेभिगेशन
समाज

क्रान्तिशिखाको प्रश्नः जेनजी स्मृतसभामा धर्मगुरुलाई मञ्चमा राखेर सहिदको परिवारको पीडा कसरी सम्बोधन भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले जेनजी आन्दोलनको वर्षदिन आयोजित कार्यक्रमको स्वरुप प्रति प्रश्न उठाएकी छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (तत्कालिन संसद भवन) अगाडि जेनजी सहिदहरूको स्मृति कार्यक्रम आयोजना भएको थियो । उक्त कार्यक्रममा जेनजी सहिद परिवारदेखि, नेता,सांसद, मन्त्री मात्रै होइन धर्मगुरुलाई समेत मञ्चमा राखिएको थियो । 

Marvel
Extreme Energy

कार्यक्रमको यो स्वरुपले सहिद र घाइतेहरुको अपमान भएको महसुस गरेको उल्लेख गरेकी छन् । 
उनले लेखेकी छन्,  ‘मलाई थाहा छैन, त्यो स्टेज किन त्यसरी खडा गरियो ? त्यहाँ भएका धर्मगुरुको अर्थ के थियो ? त्यो कार्यक्रमले ती परिवारको पीडा कसरी सम्बोधन गर्‍यो, जसले आफ्ना सन्तान गुमाएका छन ?’ ।
सचेतक धितालले सचेतक धितालले जेनजीको आवाज उठाउने,सरकारलाई प्रश्न गर्नेहरुले सहिद दिवसको कार्यक्रमको स्वरुपमा हस्तक्षेप नगरेको गुनासो गरेकी छन् । उनले भनेकी छन्, 'जसले जेनजी को आवाजलाई अगाडि बढाए, जसले सरकारका काममाथि निरन्तर प्रश्न उठाए, उनीहरूले आज यो कार्यक्रम यसरी हुनु हुँदैन भनेर हस्तक्षेप गर्न किन सकेनन्रुसायद नेपाली समाजले पछिल्लो एक वर्षमा गुमाएको सबैभन्दा ठूलो कुरा नै अरुले के महसुस गरिरहेका छन भन्ने कुराको महसुस गर्नै नसक्ने , गर्नै नमान्ने , गर्नै नखोज्ने '।

साथै धितालले सरकार आफूहरुप्रति प्रश्न गर्नेहरुमाथि तेजाबोध गरिएको भन्दै असन्तुष्टि राखेकी छन् । 'सुध्रिनु अरुले मात्रै पर्ने । हामीले चाहिँ सुध्रिनु नपर्ने  यही दिन देख्नलाई थियो महान शहीदहरुको बलिदान ? सचेतक धितालले भनेकी छन्, पोहोर साल हामीले नै हैन प्रेस स्वतन्त्र होस्, सत्ता निरंकुश नबनोस्, जसको जुन स्थान हो, ऊ त्यही स्थानमा बसोस् भनेर सडकमा उत्रिएको ? हामीले राज्यलाई प्रश्न गरेका थियौँ। सत्तालाई विनम्र हुन भनेका थियौँ।
अहिले हामीमाथि प्रश्न गर्नेहरुलाई किन हामी धम्की र चेतावनीको भाषा बोल्दै छौं रु त्यो बेलाको सरकारले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भनेर सडकमा गएका थियौं हामी । के आज हामी अभिव्यक्ति स्वतन्त्रतालाई बल पुग्ने काम गर्दैछौं रु कि हामी बाँकी अधिकारको पनि तेजोबध गर्न उद्धत छौं ?'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तिहारमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गराउन जुटे ऊर्जामन्त्री श्रेष्ठ

तिहारमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गराउन जुटे ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्ने र त्यसलगत्तै सुरु हुने सुख्खायामको विद्युत् व्यवस्थापनका लागि पूर्वतयारी तथा योजनाबद्ध कामलाई प्राथमिकतामा राख्न...
ट्रम्प र भान्समाथि अल-सयदको व्यङ्ग्य: 'जेडी हबीबी, जनवरीमा मलाई शपथ खुवाउने तिमी नै हौ'

ट्रम्प र भान्समाथि अल-सयदको व्यङ्ग्य: 'जेडी हबीबी, जनवरीमा मलाई शपथ खुवाउने तिमी नै हौ'

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको प्रहारका बीच जितेर इतिहास रचेका सयदले डिट्रोइटस्थित चुनावी कार्यालयमा जम्मा भएका सयौँ समर्थकलाई सम्बोधन गर्दै चुनावी प्रचारका क्रममा आफूलाई निरन्तर आलोचना गर्ने अमेरिकी उपराष्ट्रपति...
सरकारका गतिविधिले फेरि जनताले दुःख पाउने दिन नआओस् : महामन्त्री डिला संग्रौला

सरकारका गतिविधिले फेरि जनताले दुःख पाउने दिन नआओस् : महामन्त्री डिला संग्रौला

नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले वर्तमान सरकारले प्रहरी संगठनमा हस्तक्षेप गरेको आरोप लगाउँदै सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छिन् ।

भर्खरै