नेभिगेशन
समाज

गत वर्षको भदौ २४ सम्झँदै ओलीले भने- जेनजी प्रदर्शनभित्र घुसपैठ गरेर योजनाबद्ध रूपमा हिंसा भड्काइयो

काठमाडौं । नेकपा एमालेले गत वर्षको जेनजी प्रदर्शनका क्रममा भएको हिंसा र त्यसपछिको विध्वंसलाई योजनाबद्ध षड्यन्त्रको परिणाम भएको दाबी गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जेनजी प्रदर्शनको एक वर्ष पूरा भएको अवसरमा बुधबार एमाले केन्द्रीय कार्यालयले जारी गरेको प्रेस वक्तव्यमा अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण प्रदर्शनभित्र आपराधिक समूहले घुसपैठ गरेर त्यसलाई हिंसात्मक बनाएको आरोप लगाएका हुन्।

Marvel
Extreme Energy

एमालेले प्रदर्शनका क्रममा ज्यान गुमाएका युवाहरू र कर्तव्य पालनाका क्रममा मारिएका प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

वक्तव्यमा भनिएको छ, ‘नवयुवाका केही समूहले सामाजिक सञ्जालको निर्वाध सञ्चालन र सुशासनलगायत विषयमा प्रशासनसँग शान्तिपूर्ण प्रदर्शनको अनुमति मागेका थिए।’ आयोजकहरूले प्रदर्शन शान्तिपूर्ण र कानुनको दायरामा हुने प्रतिबद्धता जनाएपछि प्रशासनले अनुमति दिएको एमालेको दाबी छ।

तर माइतीघरबाट सुरु भएको प्रदर्शनमा विभिन्न आपराधिक समूहले घुसपैठ गरेर त्यसलाई अनियन्त्रित, अराजक र हिंसात्मक बनाएको एमालेको आरोप छ।

एमालेका अनुसार आयोजकहरूले प्रदर्शन स्थगित भएको घोषणा गरेपछि पनि ‘घुसपैठ गरेका षड्यन्त्रकारी समूह’ले युवाहरूलाई मानव ढाल बनाएर संसद् भवनमा आक्रमण गर्न उक्साएका थिए। त्यस क्रममा प्रहरीको बल प्रयोगबाट १९ युवाको मृत्यु भएको वक्तव्यमा उल्लेख छ।

एमालेले भदौ २४ मा राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय तथा सार्वजनिक र निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडलाई नेपालको इतिहासकै ‘कालो अध्याय’ भनेको छ।

प्रधानमन्त्रीले राजीनामा गरिसकेपछि पनि विध्वंस जारी रहेकाले अघिल्लो दिनको घटनाबाट उत्पन्न आवेग मात्र त्यसको कारण हुन नसक्ने एमालेको निष्कर्ष छ। एमालेले उक्त घटनालाई ‘राष्ट्रियता, लोकतन्त्र र संविधानको प्रगतिशील कोर्स उल्ट्याएर मुलुकलाई सर्वसत्तावाद, अराजकता र भूराजनीतिक द्वन्द्वमा होम्ने घातक योजनाको मूर्त रूप’ भएको दाबी गरेको छ।

एमालेले प्रदर्शन हिंसात्मक बन्नुको कारण र त्यसमा संलग्न व्यक्तिहरूबारे गहिरो छानबिन गर्न माग गरेको छ। तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई घटनामा दोषी ठहर गर्दै गिरफ्तार र मुद्दा चलाउने प्रयास भएको भन्दै एमालेले त्यसलाई ‘दुराग्रह र प्रतिशोधपूर्ण’ भनेको छ।

त्यस्तै, सुरक्षा निकायको भूमिकासम्बन्धी प्रतिवेदन सार्वजनिक नगरिएको र भदौ २४ को विध्वंसमा संलग्न आरोपीविरुद्धको अनुसन्धान तथा अभियोजन प्रक्रिया रोकिएको एमालेको आरोप छ।

‘राज्यका मुख्य धरोहर र लोकतन्त्रमाथि आक्रमण हुँदा राज्यका सुरक्षा निकायले त्यसलाई किन रोक्न सकेनन् भन्ने प्रश्न आज पनि अनुत्तरित छ,’ वक्तव्यमा भनिएको छ।

एमालेले हिंसा र अराजकतालाई लोकतान्त्रिक आन्दोलनका नाममा वैधता दिन नहुने बताएको छ। राजनीतिको अपराधीकरण रोक्नुपर्ने, दण्डहीनता अन्त्य गर्नुपर्ने र राज्य दहनका दोषीलाई कारबाही गर्नुपर्ने उसको माग छ।

सरकार परिवर्तनका लागि संविधानले निर्दिष्ट गरेको बाटोबाहेक अन्य विकल्प स्वीकार्य नहुने एमालेले जनाएको छ।

एमालेले जेनजी युवाहरूको सरोकार, अपेक्षा र मनसाय सकारात्मक रहेको दाबी गर्दै गत वर्षको हिंसा र विध्वंसमा उनीहरूको संलग्नता नरहेको जिकिर गरेको छ। बरु ‘अरू नै तत्त्वहरूले त्यसको लाभ लिएको’ एमालेको आरोप छ।

वक्तव्यमा लोकतन्त्र, संविधान, राष्ट्रिय हित, स्वाभिमान र शान्तिको रक्षाका लागि देशभक्त, लोकतान्त्रिक, प्रगतिशील तथा वामपन्थी शक्तिहरूलाई एकताबद्ध भएर अघि बढ्न अपिल गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तिहारमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गराउन जुटे ऊर्जामन्त्री श्रेष्ठ

तिहारमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गराउन जुटे ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्ने र त्यसलगत्तै सुरु हुने सुख्खायामको विद्युत् व्यवस्थापनका लागि पूर्वतयारी तथा योजनाबद्ध कामलाई प्राथमिकतामा राख्न...
ट्रम्प र भान्समाथि अल-सयदको व्यङ्ग्य: 'जेडी हबीबी, जनवरीमा मलाई शपथ खुवाउने तिमी नै हौ'

ट्रम्प र भान्समाथि अल-सयदको व्यङ्ग्य: 'जेडी हबीबी, जनवरीमा मलाई शपथ खुवाउने तिमी नै हौ'

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको प्रहारका बीच जितेर इतिहास रचेका सयदले डिट्रोइटस्थित चुनावी कार्यालयमा जम्मा भएका सयौँ समर्थकलाई सम्बोधन गर्दै चुनावी प्रचारका क्रममा आफूलाई निरन्तर आलोचना गर्ने अमेरिकी उपराष्ट्रपति...
सरकारका गतिविधिले फेरि जनताले दुःख पाउने दिन नआओस् : महामन्त्री डिला संग्रौला

सरकारका गतिविधिले फेरि जनताले दुःख पाउने दिन नआओस् : महामन्त्री डिला संग्रौला

नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले वर्तमान सरकारले प्रहरी संगठनमा हस्तक्षेप गरेको आरोप लगाउँदै सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छिन् ।

भर्खरै