नेभिगेशन
समाज

भदौ २४ मा देश जलाउनेहरू जेनजी थिएनन्, राष्ट्रका दुश्मन थिए : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले गत वर्ष भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरू जेनजी नभई ‘नेपाल राष्ट्रका दुश्मन’ भएको टिप्पणी गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भदौ २४ लाई ‘देश जलाइएको दिन’को संज्ञा दिँदै रिजालले उक्त दिन भएको हिंसामा जेनजी, भ्रष्टाचारविरोधी, सुशासन पक्षधर वा ‘नेपोबेबी’ विरोधीहरू संलग्न नरहेको दाबी गरेका हुन्।

Ncell
Extreme Energy

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘ती कुनै जेन–जी थिएनन्। ती कुनै भ्रष्टाचारविरोधी थिएनन्। ती कुनै सुशासन पक्षधर थिएनन्। ती कुनै नेपोबेबी विरोधी थिएनन्। ती थिए– नेपाल राष्ट्रका दुश्मनहरू।’

उनले भदौ २४ गते सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र शीतल निवासलगायत राष्ट्रिय धरोहरमा आगजनी भएको तथा देशभर हजारौँ व्यक्तिका घर, सार्वजनिक संस्थान, सरकारी कार्यालय र व्यवसायमा समेत आगजनी तथा लुटपाट भएको दाबी गरेका छन्।

रिजालले भदौ २३ गते भएको घटनालाई राज्यको ‘लापरबाही र लाचारीको पराकाष्ठा’ बताएका छन्। उनका अनुसार तत्कालीन गृहमन्त्रीले त्यसअघि नै राजीनामा दिइसकेका थिए भने तत्कालीन प्रधानमन्त्रीले भदौ २३ गते दिउँसो राजीनामा दिएर हेलिकोप्टरमार्फत बालुवाटार छाडेका थिए।

प्रधानमन्त्रीको राजीनामापछि पनि देशमा आगजनी नरोकिएको उनको भनाइ छ।

‘भदौ २३ को घटना अकल्पनीय थियो। राज्यको लापरबाही र लाचारीको पराकाष्ठा थियो। गृहमन्त्रीले अघिल्लै साँझ राजीनामा दिइसकेका थिए। प्रधानमन्त्रीले दिउँसो २ बजे राजीनामा दिएर हेलिकोप्टर चढेर बालुवाटारबाट अज्ञातस्थलतिर लागेका थिए। तर पनि, राष्ट्र जलाउन रोकिएन। अधिकांश आगजनी प्रधानमन्त्रीको राजीनामापछि गरिएको छ,’ उनले भनेका छन्।

रिजालले आन्दोलनका क्रममा सर्वसाधारणका छोराछोरीले ज्यान गुमाएको भन्दै अहिले सत्तामा रहेका व्यक्तिहरू उक्त आन्दोलनका ‘लाभग्राही’ भएको आरोप पनि लगाएका छन्।

‘जनताका छोराछोरी मरेरमारिए। अहिले जो सत्तामा छन्, यी लाभग्राही हुन्। तिनको त्यस आन्दोलनमा केही क्षति भएको छैन, केही योगदान पनि छैन,’ उनले लेखेका छन्।

समय सधैँ एकनास नरहने भन्दै रिजालले राष्ट्रमाथि ज्यादती गर्नेहरूको अभिलेख रहने बताएका छन्।

‘समय सधैँ एकनास रहँदैन। राष्ट्रमाथि ज्यादती गर्नेहरूको अभिलेख पक्कै कहीँ न कहीँ होला। आशा गरौँ– फेरि यस्तो कहिल्यै हुने छैन,’ उनले भनेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कानुन मन्त्री गौतमले ल्याएका दुई विधेयक अगाडि बढ्दै, के छ विधेयकमा ?

कानुन मन्त्री गौतमले ल्याएका दुई विधेयक अगाडि बढ्दै, के छ विधेयकमा ?

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ल्याएका दुई विधेयक संसदमा अगाडि बढ्दैछन् ।
किम्रुङखोलाको बहाव पूर्ववत् अवस्थामा छ, जोखिम छैन– वडाध्यक्ष गुरुङ

किम्रुङखोलाको बहाव पूर्ववत् अवस्थामा छ, जोखिम छैन– वडाध्यक्ष गुरुङ

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक  किम्रुङखोलाको बहाव आज बिहानदेखि पुरानै अवस्थामा फर्किएको छ ।
रास्वपा सभापति लामिछानेले आज संसदमा सम्बोधन गर्ने

रास्वपा सभापति लामिछानेले आज संसदमा सम्बोधन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् ।
गत वर्षको भदौ २४ सम्झँदै ओलीले भने- जेनजी प्रदर्शनभित्र घुसपैठ गरेर योजनाबद्ध रूपमा हिंसा भड्काइयो

गत वर्षको भदौ २४ सम्झँदै ओलीले भने- जेनजी प्रदर्शनभित्र घुसपैठ गरेर योजनाबद्ध रूपमा हिंसा भड्काइयो

नेकपा एमालेले गत वर्षको जेनजी प्रदर्शनका क्रममा भएको हिंसा र त्यसपछिको विध्वंसलाई योजनाबद्ध षड्यन्त्रको परिणाम भएको दाबी गरेको छ।