नेभिगेशन
समाज

किम्रुङखोलाको बहाव पूर्ववत् अवस्थामा छ, जोखिम छैन– वडाध्यक्ष गुरुङ

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक  किम्रुङखोलाको बहाव आज बिहानदेखि पुरानै अवस्थामा फर्किएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार साँझ खोला थुनिदा पानीको बहाब रोकिएका आशंकामा गएराति उच्च सतर्कता अपनाइको थियो । अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले खोलाको बहाव अहिले पूर्ववत् अवस्थामा बगिरहेको र जोखिम नरहेको जानकारी दिए । 

Ncell
Extreme Energy

'हिजो साँझदेखि खोलामा पानी घटेपछि कतै पहिराका कारणले हो कि भनेर सबैतिर चिन्ता र चासो भयो । हामीले पनि सबै ठाउँमा सतर्कताका लागि अपिल पनि गरेका थियौँ, कतै पहिरो गएको कारणले हो कि भनेर माथि बुझ्न भनेका छौँ,  तर अहिले खोलामा पानी पहिलाकै अवस्थामा बगेकाले जोखिम देखिदैन । सबै जना ढुक्क भए हुन्छ', अध्यक्ष गुरुङले भने। 

खोला थुनिएपछिको सम्भावित जोखिमपछि मोदी र किम्रुङखोला नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको थियो । जिल्ला प्रहरी कार्यालयले कास्कीका वीरेठाँटी, नयाँपुल तथा पर्वतको पातीचौर र डिमुवा क्षेत्रमा ‘माइकिङ’ गरेर स्थानीयलाई सुरक्षित रहन आग्रह गरेको थियो भने स्थानीयले रातमा घर छाडेर सुरक्षित स्थानमा निस्किएका थिए ।

खोला थुनिएको हुनसक्ने सूचनापछि गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी र वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमाण्डमा १० जनाको प्रहरी टोली खटिएको थियो भने घान्द्रुक, वीरेठाँटी र नयाँपुलबाट समेत प्रहरी परिचालित भएका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।
 
किम्रुङ खोलामा गत असार २८ गते पनि एक्कासी बाढी आएको थियो । सो बाढीले पुल बगाएको थियो भने होटलहरुमा क्षति पुगेको थियो । त्यसपछि मोदी खोलाको बाढीले अन्नपूर्ण गाउँपालिका चार वडा सिधा सडक सम्पर्कबाट विच्छेद छन् । वीरेठाँटी–घान्द्रुक सडक तीन सातादेखि अवरुद्ध बनेकाले अहिले वीरेठाँटीमा पुनर्निर्माणको काम भइरहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कानुन मन्त्री गौतमले ल्याएका दुई विधेयक अगाडि बढ्दै, के छ विधेयकमा ?

कानुन मन्त्री गौतमले ल्याएका दुई विधेयक अगाडि बढ्दै, के छ विधेयकमा ?

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ल्याएका दुई विधेयक संसदमा अगाडि बढ्दैछन् ।
भदौ २४ मा देश जलाउनेहरू जेनजी थिएनन्, राष्ट्रका दुश्मन थिए : विष्णु रिजाल

भदौ २४ मा देश जलाउनेहरू जेनजी थिएनन्, राष्ट्रका दुश्मन थिए : विष्णु रिजाल

नेकपा एमालेका नेता विष्णु रिजालले गत वर्ष भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरू जेनजी नभई ‘नेपाल राष्ट्रका दुश्मन’ भएको टिप्पणी गरेका छन्।
रास्वपा सभापति लामिछानेले आज संसदमा सम्बोधन गर्ने

रास्वपा सभापति लामिछानेले आज संसदमा सम्बोधन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् ।
गत वर्षको भदौ २४ सम्झँदै ओलीले भने- जेनजी प्रदर्शनभित्र घुसपैठ गरेर योजनाबद्ध रूपमा हिंसा भड्काइयो

गत वर्षको भदौ २४ सम्झँदै ओलीले भने- जेनजी प्रदर्शनभित्र घुसपैठ गरेर योजनाबद्ध रूपमा हिंसा भड्काइयो

नेकपा एमालेले गत वर्षको जेनजी प्रदर्शनका क्रममा भएको हिंसा र त्यसपछिको विध्वंसलाई योजनाबद्ध षड्यन्त्रको परिणाम भएको दाबी गरेको छ।