नेभिगेशन
समाज

बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

काठमाडौं । बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको अभाव सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री यादवले काठमाडौं उपत्यकामा एउटा कम्पनीको ग्यास सिलिन्डर उपलब्ध नभए अर्को कम्पनीको सिलिन्डरसँग समान मूल्यमा साटेर उपभोक्तालाई ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएकी हुन्।

Ncell
Extreme Energy

यो व्यवस्थापछि आफूले प्रयोग गर्दै आएको कम्पनीको सिलिन्डर तत्काल उपलब्ध नभए उपभोक्ताले अन्य कम्पनीको सिलिन्डरमार्फत पनि ग्यास लिन सक्नेछन्।

बाढीका कारण उत्पन्न आपूर्ति असहजतालाई तत्काल सम्बोधन गरी उपभोक्तालाई राहत दिन यस्तो व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ।

मन्त्री यादवले व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल आयल निगम र सम्बन्धित ग्यास उद्योगहरूलाई निर्देशन दिएकी छन्।

उपभोक्तालाई अनावश्यक दुःख दिने, कृत्रिम अभाव सिर्जना गर्ने वा तोकिएको व्यवस्थाविपरीत काम गर्ने पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि मन्त्री यादवले दिएकी छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ अन्दाजी १६–१७ वर्षीय  अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन जी आन्दोलनको उपलब्धीमाथि प्रश्न उठाएका छन् ।
मुस्ताङमा निरन्तर भूकम्पको धक्का, चर्किए घरहरू

मुस्ताङमा निरन्तर भूकम्पको धक्का, चर्किए घरहरू

मुस्ताङमा निरन्तर भूकम्पको धक्का महसुस गरिएको छ ।
कानुन मन्त्री गौतमले ल्याएका दुई विधेयक अगाडि बढ्दै, के छ विधेयकमा ?

कानुन मन्त्री गौतमले ल्याएका दुई विधेयक अगाडि बढ्दै, के छ विधेयकमा ?

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ल्याएका दुई विधेयक संसदमा अगाडि बढ्दैछन् ।