नेभिगेशन
समाज

रसुवा बाढीमा मृतकको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीसहित विभिन्न नदीमा आएको बाढी र त्यसबाट प्रभावित क्षेत्रमा ज्यान गुमाउनेको संख्या १ हजार ३६७ पुगेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारले बुधबार बिहान ११ बजेसम्म सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासीका विभिन्न स्थानमा शव फेला परेका छन्।

Ncell
Extreme Energy

सबैभन्दा धेरै चितवनमा ३६३, नवलपरासी पश्चिममा २२२, नवलपरासी पूर्वमा २२६, नुवाकोटमा १९७ र रसुवामा १७४ शव फेला परेका छन्। त्यस्तै गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ शव फेला परेका छन्। उपचारका क्रममा काठमाडौंमा दुई जनाको मृत्यु भएको विवरणमा उल्लेख छ।

फेला परेका शवमध्ये हालसम्म १०२ जनाको सनाखत गरी परिवारलाई बुझाइएको छ।

सरकारका अनुसार बाढी तथा पहिरोपछि अझै करिब ५ हजार १३२ जना सम्पर्कविहीन छन्। रसुवाबाट मात्रै २ हजार ८६० जना सम्पर्कविहीन रहेको विवरण छ। त्यसमध्ये रसुवा जिल्लाका नागरिक १ हजार ३९३, अन्य जिल्लाका नागरिक १ हजार २८६, नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीका १२ जना छन्। त्यस्तै सरकारी कर्मचारी ७३ तथा बैंक तथा वित्तीय संस्थाका २६ जना सम्पर्कविहीन छन्।

नुवाकोटबाट १ हजार ७८७ जना सम्पर्कविहीन छन्। त्यसमध्ये नुवाकोटका नागरिक ६५१ र अन्य जिल्लाका नागरिक १ हजार १३६ जना रहेको सरकारले जनाएको छ। यसबाहेक करिब ५८७ जना विदेशी पर्यटकसमेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

१३ हजारभन्दा बढीको उद्धार

बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ६४६ जनाको उद्धार गरिएको छ।

विभिन्न १० वटा अस्पतालमा ३२९ जना उपचाररत छन् भने २५२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। सुरक्षा निकायको स्वास्थ्य सेवाबाट नेपाली सेनाले ३ हजार ५३५ र सशस्त्र प्रहरी बलले ३ हजार २८७ जनाको उपचार गरेको जनाएको छ।

खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरी २१ हजार १८५ सुरक्षाकर्मी परिचालन भएका छन्। नेपाल प्रहरीका ७ हजार ७३५, नेपाली सेनाका ९ हजार ७ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना परिचालन गरिएको छ।

प्रभावितलाई राख्न ३७ वटा होल्डिङ सेन्टर सञ्चालनमा छन्। ती केन्द्रमा ३ हजार ६२८ जना रहेका छन्। रसुवामा ७३३, नुवाकोटमा २ हजार ६९९ र धादिङमा १९६ जना होल्डिङ सेन्टरमा रहेको विवरणमा उल्लेख छ।

प्रभावित जिल्लामा करोडौं राहत

सरकारले प्रभावित जिल्लामा तत्कालीन राहतका लागि नगद रकमसमेत पठाएको छ।

रसुवा र नुवाकोटलाई एक–एक करोड, धादिङलाई ५० लाख तथा प्रभावित १५ पालिकालाई १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ।

सेनाले एक हजारभन्दा बढी हेलिकप्टर उडायो

उद्धार, राहत तथा अत्यावश्यक सामग्री ढुवानीका लागि नेपाली सेनाले भदौ २२ गतेसम्म १ हजार २६४ पटक हेलिकप्टर उडान गरेको छ।

भदौ २४ गते मात्रै सेनाले २१ पटक उडान गरेको छ भने सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले प्रभावित क्षेत्रमा २५८ पटक उडान गरेका छन्।

प्रभावित क्षेत्रमा इन्धनको आपूर्ति सहज बनाउन ४९ हजार लिटर डिजेल, २२ हजार लिटर पेट्रोल र १५ हजार लिटर हवाई इन्धन मौज्दात रहेको सरकारले जनाएको छ। त्यस्तै ४७३ वटा ग्यास सिलिन्डर अनुदानमा प्रभावित क्षेत्रमा पठाइएको छ।

बाढीबाट प्रभावित नागरिकमा देखिएको मानसिक तनाव तथा अन्य मनोसामाजिक समस्यालाई सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयमार्फत १५० जनाभन्दा बढी जनशक्ति प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको अभाव सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ अन्दाजी १६–१७ वर्षीय  अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन जी आन्दोलनको उपलब्धीमाथि प्रश्न उठाएका छन् ।
मुस्ताङमा निरन्तर भूकम्पको धक्का, चर्किए घरहरू

मुस्ताङमा निरन्तर भूकम्पको धक्का, चर्किए घरहरू

मुस्ताङमा निरन्तर भूकम्पको धक्का महसुस गरिएको छ ।