नेभिगेशन
समाज

रास्वपा सचेतक क्रान्तिशिखाको प्रश्न– उद्धारका नाममा महिला र बालबालिकामाथि थप असुरक्षा त सिर्जना गरिरहेका छैनौँ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले विपद्का बेला महिला तथा बालबालिकाको सुरक्षा र गरिमालाई प्राथमिकतामा राखेर राहत तथा उद्धार व्यवस्थापन गर्न सरकारसँग माग गरेकी छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधि सभाको बैठकमा बोल्दै धितालले रसुवामा भदौ १० गते भोटेकोशीमा आएको बाढीले पाँच जिल्लाका ४९ वडामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको उल्लेख गरिन्।

Marvel
Extreme Energy

सरकारी तथा सामुदायिक तहबाट भएको उद्धार र राहतका कारण करिब चार हजार प्रभावित नागरिक अहिले होल्डिङ सेन्टरमा आश्रित रहेको भन्दै उनले उनीहरूको तत्कालीन आवश्यकता पूरा गर्नुका साथै पुनर्स्थापनाको जिम्मेवारीसमेत राज्यले लिनुपर्ने बताइन्।

‘जसले घर, थातथलो, सम्पत्ति र प्रियजनसमेत गुमाएका छन्, बेपत्ता आफन्तको झझल्को लिएर बाँचिरहेका छन्, उनीहरूलाई भोलि कहाँ जाने, कसरी बाँच्ने भन्ने उत्तर पनि राज्यले दिनुपर्छ,’ उनले भनिन्।

बाढीका कारण दैनिक सेवन गर्नुपर्ने औषधिसमेत बगाएको, मरेका पशुचौपायाको उचित व्यवस्थापन हुन नसक्दा महामारीको जोखिम बढेको र सञ्चार तथा विद्युत् अवरुद्ध हुँदा प्रभावित नागरिक बाहिरी संसारसँग सम्पर्कविहीन रहेको उनले बताइन्।

तर यी सबै संकटसँगै महिला र बालबालिकाको सुरक्षा तथा गरिमाको संकट पनि रहेको उनले औंल्याइन्।

‘आफ्नै घरमा समेत महिलाको सुरक्षा चुनौतीपूर्ण हुने हाम्रो सामाजिक परिवेशमा अपरिचित व्यक्तिहरूसँग एउटै कोठा साझा गर्नुपर्दा उनीहरूको अस्मिता र सुरक्षाको अवस्था कस्तो होला?’ उनले प्रश्न गरिन्।

उद्धार र राहतका क्रममा राज्यले थप असुरक्षा सिर्जना गर्न नहुने उनको भनाइ थियो।

‘हामीले सकेको, जानेको गरेका छौँ। तर केही नजानी उद्धारको नाममा हामीले थप असुरक्षा त सिर्जना गरिरहेका छैनौँ?’ धितालले प्रश्न गरिन्।

युएन ओमनको तथ्यांक उद्धृत गर्दै उनले बाढीबाट नेपालमा करिब १ लाख ६० हजार महिला प्रभावित भएको बताइन्। विपद्का बेला महिला तथा बालिकाहरू असमान रूपमा बढी प्रभावित हुने भन्दै उनले हिंसा र शोषणको जोखिमसँगै पानी, हेरचाह र जीविकोपार्जनको अतिरिक्त बोझसमेत महिलामाथि पर्ने बताइन्।

त्यसैले महिला तथा बालबालिकाको स्वास्थ्य, सुरक्षा, गोपनीयता र गरिमालाई केन्द्रमा राखेर राहत व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिइन्।

धितालले राहत कोषमा नागरिकको स्वतःस्फूर्त सहयोगबाट अर्बौं रुपैयाँ जम्मा भएको भन्दै उक्त रकम परिचालन गरेर तत्काल अस्थायी आवासको व्यवस्था गर्न सरकारसँग माग गरिन्।

‘सकेसम्म परिवारलाई एकै ठाउँमा राखौँ र उद्धार तथा राहतसँगै सामाजिक पुनर्स्थापनाको कामलाई तीव्रता दिऔँ,’ उनले भनिन्।

विपद् प्रभावितलाई सम्मानपूर्वक पुनः आफ्नो खुट्टामा उभिन सक्ने अवस्थासम्म पुर्‍याउनु नै राहतको वास्तविक उद्देश्य हुनुपर्ने धितालको भनाइ थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तिहारमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गराउन जुटे ऊर्जामन्त्री श्रेष्ठ

तिहारमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गराउन जुटे ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्ने र त्यसलगत्तै सुरु हुने सुख्खायामको विद्युत् व्यवस्थापनका लागि पूर्वतयारी तथा योजनाबद्ध कामलाई प्राथमिकतामा राख्न...
ट्रम्प र भान्समाथि अल-सयदको व्यङ्ग्य: 'जेडी हबीबी, जनवरीमा मलाई शपथ खुवाउने तिमी नै हौ'

ट्रम्प र भान्समाथि अल-सयदको व्यङ्ग्य: 'जेडी हबीबी, जनवरीमा मलाई शपथ खुवाउने तिमी नै हौ'

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको प्रहारका बीच जितेर इतिहास रचेका सयदले डिट्रोइटस्थित चुनावी कार्यालयमा जम्मा भएका सयौँ समर्थकलाई सम्बोधन गर्दै चुनावी प्रचारका क्रममा आफूलाई निरन्तर आलोचना गर्ने अमेरिकी उपराष्ट्रपति...
सरकारका गतिविधिले फेरि जनताले दुःख पाउने दिन नआओस् : महामन्त्री डिला संग्रौला

सरकारका गतिविधिले फेरि जनताले दुःख पाउने दिन नआओस् : महामन्त्री डिला संग्रौला

नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले वर्तमान सरकारले प्रहरी संगठनमा हस्तक्षेप गरेको आरोप लगाउँदै सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छिन् ।

भर्खरै