नेभिगेशन
समाज

१८ हजार ३०० ट्रामाडोल क्याप्सुलसहित १९ वर्षीय युवक पक्राउ

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध ट्रामाडोलसहित एक युवकलाई पक्राउ गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१६ का १९ वर्षीय आनन्द चौरसिया छन्।

Marvel
Extreme Energy

प्रहरीका अनुसार जितपुरसिमरा–२१ स्थित वडा कार्यालय नजिकै पूर्व–पश्चिम राजमार्गमा चेकिङ गर्ने क्रममा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ७६२३ नम्बरको यात्रुवाहक बस रोकेर जाँच गरिएको थियो।

बसको हुड र्‍याकमा रहेका दुईवटा क्यारी ब्याग जाँच गर्दा ट्रामाडोल १८ हजार ३०० पिस फेला परेको प्रहरीले जनाएको छ।

बरामद लागूऔषधसहित चौरसियालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तिहारमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गराउन जुटे ऊर्जामन्त्री श्रेष्ठ

तिहारमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गराउन जुटे ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्ने र त्यसलगत्तै सुरु हुने सुख्खायामको विद्युत् व्यवस्थापनका लागि पूर्वतयारी तथा योजनाबद्ध कामलाई प्राथमिकतामा राख्न...
ट्रम्प र भान्समाथि अल-सयदको व्यङ्ग्य: 'जेडी हबीबी, जनवरीमा मलाई शपथ खुवाउने तिमी नै हौ'

ट्रम्प र भान्समाथि अल-सयदको व्यङ्ग्य: 'जेडी हबीबी, जनवरीमा मलाई शपथ खुवाउने तिमी नै हौ'

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको प्रहारका बीच जितेर इतिहास रचेका सयदले डिट्रोइटस्थित चुनावी कार्यालयमा जम्मा भएका सयौँ समर्थकलाई सम्बोधन गर्दै चुनावी प्रचारका क्रममा आफूलाई निरन्तर आलोचना गर्ने अमेरिकी उपराष्ट्रपति...
सरकारका गतिविधिले फेरि जनताले दुःख पाउने दिन नआओस् : महामन्त्री डिला संग्रौला

सरकारका गतिविधिले फेरि जनताले दुःख पाउने दिन नआओस् : महामन्त्री डिला संग्रौला

नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले वर्तमान सरकारले प्रहरी संगठनमा हस्तक्षेप गरेको आरोप लगाउँदै सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छिन् ।

भर्खरै