नेभिगेशन
समाज

प्रधानमन्त्री राहत कोषमा पुग्यो करिब १२ अर्ब रुपैयाँ

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भदौ २४ गतेसम्म कोषमा ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ।

Ncell
Extreme Energy

कोषमा जम्मा भएको रकममध्ये नौवटा वाणिज्य बैंकका खातामा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपैयाँ मौज्दात रहेको छ।

यस्तै, दुईवटा वाणिज्य बैंकका खातामा २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर मौज्दात रहेको कार्यालयले जनाएको छ।

यसअघि बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा भइसकेको छ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सरकारले राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेको थियो। त्यसपछि स्वदेश तथा विदेशबाट विभिन्न व्यक्ति, संघसंस्था तथा निकायबाट रकम संकलन भई प्रधानमन्त्री राहत कोषमा दाखिला भएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेन तीनवटै सुरक्षा निकायका प्रमुखसँग किन छन् छलफलमा ?

प्रधानमन्त्री बालेन तीनवटै सुरक्षा निकायका प्रमुखसँग किन छन् छलफलमा ?

प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्।
१८ हजार ३०० ट्रामाडोल क्याप्सुलसहित १९ वर्षीय युवक पक्राउ

१८ हजार ३०० ट्रामाडोल क्याप्सुलसहित १९ वर्षीय युवक पक्राउ

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध ट्रामाडोलसहित एक युवकलाई पक्राउ गरेको छ।
रास्वपा सचेतक क्रान्तिशिखाको प्रश्न– उद्धारका नाममा महिला र बालबालिकामाथि थप असुरक्षा त सिर्जना गरिरहेका छैनौँ?

रास्वपा सचेतक क्रान्तिशिखाको प्रश्न– उद्धारका नाममा महिला र बालबालिकामाथि थप असुरक्षा त सिर्जना गरिरहेका छैनौँ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले विपद्का बेला महिला तथा बालबालिकाको सुरक्षा र गरिमालाई प्राथमिकतामा राखेर राहत तथा उद्धार व्यवस्थापन गर्न सरकारसँग माग गरेकी छन्।
रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

प्रतिनिधिसभा, अर्थ समितिले रसुवाबाढीबाट अर्थतन्त्रमा पारेको प्रभाव, विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा  विश्लेषण गर्ने भएको छ ।