नेभिगेशन
समाज

प्रधानमन्त्री बालेन तीनवटै सुरक्षा निकायका प्रमुखसँग किन छन् छलफलमा ?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग भेटवार्ता थालेका हुन्।

Ncell
Extreme Energy

छलफलमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण, उपचार तथा आगामी कार्ययोजनाबारे विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने कार्यक्रम रहेको कार्यालयले जनाएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहेका छन्।

प्रधानसेनापति सिग्देलसँगको छलफलपछि प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि आजै छलफल गर्ने कार्यक्रम छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हराउँदै घुमाउने घर, औँलामा गन्न सकिने बाँकी

हराउँदै घुमाउने घर, औँलामा गन्न सकिने बाँकी

केही दशकअघिसम्म लमजुङका ग्रामीण बस्तीमा पुग्दा ढुङ्गा, माटो, काठ र खरले बनेका घुमाउने घरले गाउँको मौलिकता झल्काउँथे । हरेक गाउँमा देखिने त्यस्ता परम्परागत घर अहिले भने खोज्नुपर्ने अवस्था...
प्रधानमन्त्री राहत कोषमा पुग्यो करिब १२ अर्ब रुपैयाँ

प्रधानमन्त्री राहत कोषमा पुग्यो करिब १२ अर्ब रुपैयाँ

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ।
१८ हजार ३०० ट्रामाडोल क्याप्सुलसहित १९ वर्षीय युवक पक्राउ

१८ हजार ३०० ट्रामाडोल क्याप्सुलसहित १९ वर्षीय युवक पक्राउ

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध ट्रामाडोलसहित एक युवकलाई पक्राउ गरेको छ।
रास्वपा सचेतक क्रान्तिशिखाको प्रश्न– उद्धारका नाममा महिला र बालबालिकामाथि थप असुरक्षा त सिर्जना गरिरहेका छैनौँ?

रास्वपा सचेतक क्रान्तिशिखाको प्रश्न– उद्धारका नाममा महिला र बालबालिकामाथि थप असुरक्षा त सिर्जना गरिरहेका छैनौँ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले विपद्का बेला महिला तथा बालबालिकाको सुरक्षा र गरिमालाई प्राथमिकतामा राखेर राहत तथा उद्धार व्यवस्थापन गर्न सरकारसँग माग गरेकी छन्।