नेभिगेशन
समाज

बाढी प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका परिवारलाई उनीहरूको इच्छाअनुसार अस्थायी बसोबासको व्यवस्था गर्न सरकारले सर्वेक्षण सुरु गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आपत्कालीन अवस्थामा प्रभावितलाई राख्न होल्डिङ सेन्टर सञ्चालन गरिएको थियो। अब केही हप्ताभित्रै प्रत्येक परिवारका लागि छुट्टाछुट्टै अस्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्यले सर्वेक्षण सुरु गरिएको हो।

Ncell
Extreme Energy

पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले मंगलबारदेखि प्रभावित जिल्लामा टोली खटाएर ‘कोबो टुलबक्स’ प्रयोग गरी ‘आवश्यकता मूल्याङ्कन फारम’मार्फत सर्वेक्षण गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सर्वेक्षणबाट प्रभावित व्यक्ति तथा परिवारको विवरण, घरको क्षतिको अवस्था, परिवारका दिवंगत वा बेपत्ता सदस्यको संख्या तथा सरकारी सहयोगमा अस्थायी आश्रय वा भाडामा बस्न उनीहरूको रुचिबारे जानकारी लिइनेछ।

त्यस्तै, प्रभावित परिवारसँग उपलब्ध जग्गा, स्थानान्तरणका लागि उपयुक्त विकल्प, खानेपानी तथा सरसफाइको अवस्था र अन्य आवश्यकताबारे समेत विवरण सङ्कलन गरिनेछ।

हाल होल्डिङ सेन्टरमा रहेका प्रत्येक परिवारको आवश्यकता पहिचान गरी सरकारको पुनःस्थापना तथा अस्थायी बसोबाससम्बन्धी योजना कार्यान्वयनमा सहयोग पुर्‍याउने उद्देश्यले सर्वेक्षण भइरहेको हो।

एक साताभित्र सर्वेक्षण सम्पन्न गर्ने गरी काम भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। होल्डिङ सेन्टरबाहिर रहेका प्रभावित परिवारको पनि त्यसपछि यही फारम प्रयोग गरी आवश्यकता मूल्याङ्कन गरिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राज्य भग्नावशेषभित्र नागरिकको प्राण खोजिरहेको छ– रवि लामिछाने

राज्य भग्नावशेषभित्र नागरिकको प्राण खोजिरहेको छ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ १० गतेको बाढीपहिरोमा ज्यान गुमाएका नागरिकलाई केवल प्राकृतिक विपत्तिका मृतकका रूपमा हेर्न नहुने बताएका छन्।
जेनजी सहिदकी आमा सांसद रचना खतिवडाको प्रश्न– सहिदले न्याय पाउन कति वर्ष लाग्छ सरकार ?

जेनजी सहिदकी आमा सांसद रचना खतिवडाको प्रश्न– सहिदले न्याय पाउन कति वर्ष लाग्छ सरकार ?

उनले प्रश्न गरिन्– ‘सहिदले न्याय पाउन कति वर्ष लाग्छ, सरकार?’
हराउँदै घुमाउने घर, औँलामा गन्न सकिने बाँकी

हराउँदै घुमाउने घर, औँलामा गन्न सकिने बाँकी

केही दशकअघिसम्म लमजुङका ग्रामीण बस्तीमा पुग्दा ढुङ्गा, माटो, काठ र खरले बनेका घुमाउने घरले गाउँको मौलिकता झल्काउँथे । हरेक गाउँमा देखिने त्यस्ता परम्परागत घर अहिले भने खोज्नुपर्ने अवस्था...