नेभिगेशन
सबै कुरा
वीरगंजका मेयर बिरुद्ध स्थानीयको सिठी जुलुस

‘प्रहरी मेरो साथी, किर्ते गर्ने मेयर कानुन भन्दा किन माथि ?’ (फोटो फिचर)

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई कारबाही माग गर्दै वीरगंजमा प्रर्दशन भएको छ । सचेत नागरिक समाज वीरगंजले आइतबार वीरगंजमा सिठी जुलुससहित प्रदर्शन गरेको हो । वीरगंजको  घण्टाघरबाट निकालिएको र्याली माईस्थान, महावीरस्थान, अलखियामठ, आदर्शनगर, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आई कोण सभामा परिणत भएको थियो । 

Ncell
Extreme Energy

नागरिकता किर्ते गर्ने मेयरलाई कारबाही माग गर्न अपील गरिएका विभिन्न पर्चा पम्पलेट बोकेर सहभागीहरु प्रर्दशनमा उत्रिएका थिए । सिठी जुलुसमा ‘प्रहरी मेरो साथी, किर्ते गर्ने मेयर कानुन भन्दा किन माथी’ जस्ता प्रश्न सोधिएका ब्यानरहरु प्रयोग गरिएको थियो । 

कोणसभालाई वीरगंज महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा जसपा नेता मनोज राउत कुर्मी, जनमत पार्टीका नेता मुकेश द्विवेदी, शशिकपुर मिया, पुर्व कृषिमन्त्री करिमा बेगम, एमालेका नेता अजय गुप्ता, लियाकत अलि, नेपाली कांग्रेसबाट अनिल सिंह, जमिला खातुन, मिन्टु सिंह, किरण सरकार, नेविसंघका सभापति रमेश यादव लगायतले सम्बोधन गरेका थिए । 

प्रदर्शन पछिको कोण सभामा बोल्दै नेताहरुले मेयर सिंह बाबु बनेर जारी गरिएको नागरिकता खारेजसँगै मेयर सिंहलाई कारबाही गर्नुपर्ने माग राखे । 

मेयर सिंहले नक्कली बाबु बनेर रुबिना श्रेष्ठ नाम गरेकी युवतिलाई नागरिकता दिलाएको विषय सिधाकुराले पुस २४ गते खुलासा गरेको थियो । मेयर सिंह बिरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालयमा छुट्टा–छुट्टै गरी १६ जनाले जाहेरी दिइसकेका छन् । मेयर सिंहलाई कार्वाहीको माग गर्दै वीरगंजमा नियमित प्रदर्शन भइरहेको छ  ।




मेयरको नागरिकता कीर्तेबारे सबै समाचार पढ्नुहोस् ।

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता

नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)

मेयरले नक्कली बाबु बनेर नागरिकता दिलाएको विषयमा गृहकाे चासाे, सीडीओ भन्छन्ः तीन दिनसम्म अनुसूची नै भेटिएन

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी

वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन

राजेशमानको उध्रिएको मुकुट !

वीरगंज मेयर राजेशमान सिंहको किर्ते लुकाउन प्रशासनबाटै फायल गायब, तत्कालीन सीडीओ उमेश ढकालको भूमिका शंकास्पद  

वीरगंजका मेयर राजेशमान सिहंविरुद्ध गृह मन्त्रालयमा पनि उजुरी

वीरगंजका मेयर सिंह र पूर्व प्रमुख जिल्ला अधिकारी ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी दर्ता

जिल्ला प्रशासनबाटै नागरिकताको अनुसूची गायब, कर्मचारीमाथि अनुसन्धान सुरु

नागरिकता किर्ते प्रकरण : वीरगंजका मेयर राजेशमान सिंहलाई फैजदारी कसुरमा मुद्दा चलाउने तयारीमा प्रहरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कार्यशैली फेर्दै प्रधानमन्त्री शाह, अब राजनीतिक भेटघाट पनि बढाउने

कार्यशैली फेर्दै प्रधानमन्त्री शाह, अब राजनीतिक भेटघाट पनि बढाउने

प्रधानमन्त्री बालेन्द्र शाहले कार्यशैली परिवर्तन गर्दै लगेका छन् । सरकारको सुरुवाती सय दिनसम्म विरलै भेटघाट तथा छलफल गरेका प्रधानमन्त्री शाहले पछिल्लो समय सरोकारवालासँग भेटघाट तथा छलफल बढाएका छन्...
सरकारको ध्यानाकर्षण गराउन सदनमा नयाँ प्रस्ताव ल्याउँदै विपक्षीहरु

सरकारको ध्यानाकर्षण गराउन सदनमा नयाँ प्रस्ताव ल्याउँदै विपक्षीहरु

विपक्षी दलहरुले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे ध्यानाकर्षण गराउन नयाँ प्रस्ताव ल्याउँदैछन् ।
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तविरुद्ध दुई उजुरी, सुनुवाइ समितिले अध्ययन गर्ने

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तविरुद्ध दुई उजुरी, सुनुवाइ समितिले अध्ययन गर्ने

निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तविरुद्ध दुईटा उजुरी परेको छ ।
यो वर्ष डेढ सय बढी कानूनहरु ल्याउन सोविताले थालिन् काम, गृहकार्यमा जुटे सबै मन्त्रालय

यो वर्ष डेढ सय बढी कानूनहरु ल्याउन सोविताले थालिन् काम, गृहकार्यमा जुटे सबै मन्त्रालय

चालु आर्थिक वर्षलाई कानून सुधार र निर्माण वर्ष (ल रिफर्म इयर) घोषणा गरेको कानून मन्त्रालयले लक्ष्य पूरा गर्नका लागि आवश्यक तयारीका विषयमा सबै मन्त्रालयसँग छलफल गरेको छ ।