नेभिगेशन
समाज

इलेक्ट्रोनिक खरिद प्रणाली बन्द गरेको भन्दै सरकारको विरोध

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सरकारले इलेक्ट्रोनिक गभर्मेन्ट प्रोक्योरमेन्ट (ई–जीपी) प्रणाली बन्द गरेको भन्दै विरोध जनाउनुभएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसद दुलालले सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, जवाफदेही र प्रतिस्पर्धी बनाउन विसं २०७० देखि लागू गरिएको ई–जीपी प्रणाली १३ वर्षपछि सरकारले बन्द गरेको भन्दै विरोध जनाए।

Ncell
Extreme Energy

साउन, भदौ, असोज र कात्तिक महिना सरकारको मुख्य ठेक्कापट्टा लगाउने समय भए पनि प्रणाली बन्द हुँदा खरिद प्रक्रिया रोकिएको उनले बताए । उनका अनुसार प्रणाली बन्द हुँदा केन्द्र सरकारका सयौँ कार्यालय, ७५३ वटै स्थानीय तह र सातै प्रदेशअन्तर्गतका कार्यालयबाट हुने ठेक्कापट्टाको प्रक्रिया पूर्ण रूपमा प्रभावित भएको छ ।

यसबाट औषधि खरिद, स्वास्थ्य सामग्री, अत्यावश्यक वस्तुको आपूर्ति तथा समग्र विकास निर्माणका कामसमेत प्रभावित भएको उनले उल्लेख गरे।

सांसद दुलालले प्रणाली ह्याक भएको र पुरानो कोडबाट चल्न नसक्ने बहाना बनाएर ई–जीपी प्रणालीलाई नै ‘स्क्र्याप’ गरी नयाँ प्रणाली ल्याउने खेल भइरहेको सूचना आएको दाबी गरे।

विगतमा ह्याकिङमा संलग्न विचौलिया, कर्मचारी र व्यवसायीको मिलेमतोमा सरकारलाई प्रभावमा पारेर प्रणाली बन्द गराइएको हुनसक्ने उहाँले आशंका व्यक्त गरे ।

‘डिजिटल शासन र सुशासन’को नारा दिएर आएको सरकारले फेरि कागजी युगमा फर्किनु ठूलो विडम्बना हुने बताउँदै उहाँले कागजी प्रक्रियामा फर्काएर गुण्डागर्दी र लुटपाट शैलीमा ठेक्कापट्टा लगाउन खोजिए यसले मुलुकमा चरम कुशासन निम्त्याउने चेतावनी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपतिलाई मधेशी आयोगले बुझायो प्रतिवेदन

राष्ट्रपतिलाई मधेशी आयोगले बुझायो प्रतिवेदन

राष्ट्रपति रामचन्द्र पौडेललाई मधेशी आयोगले आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ ।
पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै नयाँ योजनाः अर्थमन्त्री

पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै नयाँ योजनाः अर्थमन्त्री

दोस्रो प्याकेजअन्तर्गत शिथिल पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै १० देखि १२ बुँदे नीतिगत सुधारको योजना ल्याइने तयारी भइरहेको उनले बताए ।
गगन भन्छन्– महाधिवेशनको मिति तलमाथि हुँदैन

गगन भन्छन्– महाधिवेशनको मिति तलमाथि हुँदैन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले असोज १६–१९ का लागि तोकिएको पन्ध्रौँ महाधिवेशनको मिति तलमाथि नहुने बताएका छन् ।
भोटेकोशी बाढीः मृतक १,३८५, सम्पर्कविहीन ५,१३०

भोटेकोशी बाढीः मृतक १,३८५, सम्पर्कविहीन ५,१३०

भोटेकोशी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय ८५ पुगेको छ ।