नेभिगेशन
समाज

१६ दिनदेखि राजमार्गसँग धादिङबेसीको सम्पर्कविच्छेद

धादिङ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले राष्ट्रिय राजमार्गसँग धादिङ सदरमुकाम धादिङबेसीको सडक सम्पर्क १६ दिनदेखि टुटेको छ । धादिङबेसी हुँदै जाने जिल्लाका उत्तरी भेगकमा गाउँबस्तीका स्थानीयलाई पनि आउजाउमा असहज भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वैकल्पिक मार्ग प्रयोग गरेर आवतजावत चले पनि मुख्य ‘लाइफलाइन’ मानिने पुल बगाएपछि पृथ्वी राजमार्ग, व्यस्त मलेखु बजार र धादिङका अन्य बजार आवतजावत कठिन बनेको छ । पुल बगाए पनि छेउको सहिद गेट सुरक्षित छ । तर, नदी आसपासका घरटहरा भने कटानले जोखिममा छन् ।

Ncell
Extreme Energy

२०५६ सालमा निर्माण गरिएको फुर्केखोला पुल १ सय १८ मिटर लम्बाइको 'स्टिल प्लेट गर्डर' पुल थियो । यस्ता पुल प्रायः धेरै भारवहान क्षमताको आवतजावत, लामो दूरीको खोँच वा नदीमा प्रयोग गरिन्छ । यति लामो दूरी पार गर्न मिल्ने खालको बेलीब्रिज नभएकाले अर्को विकल्प नहुँदासम्म वैकल्पिक सडक प्रयोग गर्नुपर्ने छ ।

साना तथा मालवाहक सवारी धादिङकै मासटार, गोरखा हुँदै आउजाउ गर्न मिल्ने विकल्प छ ।

कतिपय ठाउँमा हिलो र कच्ची रहेकाले वैकल्पिक सडकको यात्रा सहज भने छैन । पृथ्वी राजमार्गबाट मासटार–केउरेनी–पिपलटार–परेवाटार हुँदै धादिङबेसी पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा छ ।

मालवाहक सवारीका लागि भने मुग्लिन–आँबुखैरेनी–गोरखा–आरुघाट–सल्यानटार हुँदै धादिङबेसी पुग्ने लामो मार्ग प्रयोग भइरहेको छ । यसैगरी, धादिङबेसीबाट काठमाडौँ आउजाउका लागि सुनौलाबजार–फोस्रेटार–कल्लेरीटार हुँदै गल्छी पुग्ने वैकल्पिक सडक पनि प्रयोग गर्न सकिने अवस्था छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपतिलाई मधेशी आयोगले बुझायो प्रतिवेदन

राष्ट्रपतिलाई मधेशी आयोगले बुझायो प्रतिवेदन

राष्ट्रपति रामचन्द्र पौडेललाई मधेशी आयोगले आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ ।
इलेक्ट्रोनिक खरिद प्रणाली बन्द गरेको भन्दै सरकारको विरोध

इलेक्ट्रोनिक खरिद प्रणाली बन्द गरेको भन्दै सरकारको विरोध

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सरकारले इलेक्ट्रोनिक गभर्मेन्ट प्रोक्योरमेन्ट (ई–जीपी) प्रणाली बन्द गरेको भन्दै विरोध जनाउनुभएको छ ।
पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै नयाँ योजनाः अर्थमन्त्री

पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै नयाँ योजनाः अर्थमन्त्री

दोस्रो प्याकेजअन्तर्गत शिथिल पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै १० देखि १२ बुँदे नीतिगत सुधारको योजना ल्याइने तयारी भइरहेको उनले बताए ।
गगन भन्छन्– महाधिवेशनको मिति तलमाथि हुँदैन

गगन भन्छन्– महाधिवेशनको मिति तलमाथि हुँदैन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले असोज १६–१९ का लागि तोकिएको पन्ध्रौँ महाधिवेशनको मिति तलमाथि नहुने बताएका छन् ।