नेभिगेशन
समाज

आधा घण्टा समय दिएका प्रधानमन्त्रीले व्यवसायीसँग गरे दुई घण्टा छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले लगानीको ठूलो हिस्सा ओगटेका निजी क्षेत्रका चार व्यवसायीसँग दुई घण्टा छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार चन्द्र ढकाल, विनोद चौधरी, पवन गोल्यान र उमेश श्रेष्ठसँग प्रधानमन्त्री शाहले छलफल गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

व्यवसायी चन्द्र ढकालले प्रधानमन्त्रीसँगको छलफल सकारात्मक भएको प्रतिक्रिया दिए।

Marvel
Extreme Energy

‘उहाँले आधा घण्टा समय दिनुभएको थियो। तर दुई घण्टा छलफल भयो। खासगरी निजी क्षेत्रका मुद्दा, लगानी प्रबर्द्धनको कुराहरू, स्वदेशी लगानी एवम् बाह्य लगानीबाट आउने लगानीलाई प्रबर्द्धन  गर्ने कुराहरूबारे छलफल भयो,’ उनले भने ।

प्रधानमन्त्रीले नेपालमा लगानीको सम्भावना, अवसर र त्यसलाई सहजीकरण गर्न सरकारको तर्फबाट के गर्नुपर्छ भनेर सुझाव मागेको ढकालले बताए।

‘नेपालमा लगानी बढाउने, रोजगारी सिर्जना गर्ने, धेरैभन्दा धेरै पूर्वाधार बनाउन सरकारको तर्फबाट के कुरा मिलाइदियो भने सहज हिसाबले लगानी हुन्छ र रोजगारी सिर्जना हुन्छ, पूर्वाधार बन्छ, कर संकलन हुन्छ, तपाईंहरूको सुझाव के छ भन्ने प्रधानमन्त्रीको कुरा थियो। हामी क्षेत्रगत रूपमा  उत्पादन, निर्यात, जलविद्युत, पर्यटन, निजी क्षेत्रले प्रबर्द्धन गर्दै आएका ठाउँहरूबारे कुरा गर्‍यौं’ उनले भने।

यस्तै छिटोभन्दा छिटो केरूङ नाका खुलाउनेबारे पनि प्रधानमन्त्रीसँग कुराकानी भएको उनले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अमेरिकाले चुन्यो पहिलो मुस्लिम सिनेटर, ओबामाको समर्थन पाएका अब्दुल अल-सयदले बनाए इतिहास

अमेरिकाले चुन्यो पहिलो मुस्लिम सिनेटर, ओबामाको समर्थन पाएका अब्दुल अल-सयदले बनाए इतिहास

डेमोक्रेट उम्मेदवार अब्दुल अल-सयदले मिसिगनको अमेरिकी सिनेट दौडमा ऐतिहासिक जित दर्ता गराउँदै सिनेट (अमेरिकी संसदको माथिल्लो सदन) मा निर्वाचित हुने पहिलो मुस्लिम बनेका छन् ।
अमेरिकी मिडटर्म चुनावमा ठूलो हारपछि ट्रम्पले के भने ?

अमेरिकी मिडटर्म चुनावमा ठूलो हारपछि ट्रम्पले के भने ?

अमेरिकी मध्यकालीन चुनावमा सत्तारुढ रिपब्लिकन पार्टी नराम्रोसँग पराजित भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका छन् ।
अमेरिकामा ट्रम्पको रिपब्लिकन पार्टी मिडटर्म चुनाव हार्नुका पाँच कारण

अमेरिकामा ट्रम्पको रिपब्लिकन पार्टी मिडटर्म चुनाव हार्नुका पाँच कारण

अमेरिकी मध्यकालीन (मिडटर्म) निर्वाचनमा डेमोक्रेट्सले ऐतिहासिक जित हासिल गरेका छन्। उनीहरूले अमेरिकी कंग्रेस (व्यवस्थापिका) मा स्पष्ट बहुमत हात पारेका छन्।
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।