नेभिगेशन
नेताका कुरा

सत्तामा रहिरहने भ्रमबाट मुक्त हुनुहोस्ः वर्षमान

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद वर्षमान पुनले सत्तामा रहिरहने भ्रमबाट मुक्त हुन सरकारलाई सुझाव दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पुनले लोकतन्त्रमा आवधिक निर्वाचनमार्फत सत्ता फेरबदल भइरहने बताए । ‘कार्यालयका भित्तामा झुण्डिएका पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीका तस्बिर हेरेर सधैँ सत्तामा रहिरहने भ्रमबाट मुक्त हुनुहोस्’ उनले भने ।

Ncell
Extreme Energy

नेता पुनले सरकारलाई दम्भी, अहंकारी र धम्कीपूर्ण शैली त्यागी विनम्र हुन तथा सबैको अस्तित्व स्वीकार्न आग्रह समेत गरे । सांसद पुनले चुनावअघि ‘पैसा नहुनेले पढ्न पाउँछ’ भन्ने अभिव्यक्ति दिइएको तर सरकारमा गएपछि स्वास्थ्य, शिक्षा र घरेलु बिजुली खपतमा अतिरिक्त कर थोपरेर जनताको ढाड सेक्ने काम भएको आरोप लगाए ।

उनले जनेजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग र राष्ट्रिय मानव अधिकार आयोगले बुझाएका दुवै प्रतिवेदन तत्काल सार्वजनिक गरी सिफारिस कार्यान्वयन गर्न माग गरे ।

नेता पुनले रसुवा र नुवाकोटका दुर्गम तथा अति प्रभावित बस्तीहरूमा बाटो, पुल र सञ्चार सम्पर्क नहुँदा राहत पुग्न नसकेको बताउँदै राज्य केवल ’आकाश र काठमाडौँमा मात्र देखियो’ भन्ने जनआक्रोशप्रति ध्यान दिन आग्रह गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
एमाले पुनर्गठन कार्यदल शनिबारदेखि आवासीय छलफलमा

एमाले पुनर्गठन कार्यदल शनिबारदेखि आवासीय छलफलमा

नेकपा (एमाले)को ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ले शनिबारदेखि आवासीय रूपमा बसेर छलफल गर्ने भएको छ। कार्यदलले छलफलपछि एउटै प्रतिवेदन तयार गरी पार्टी सचिवालयमा पेस गर्नेछ।
पहिले एउटा प्रतिवेदनलाई दुइटा बनाइयो, अब फेरि एउटै बनाउने

पहिले एउटा प्रतिवेदनलाई दुइटा बनाइयो, अब फेरि एउटै बनाउने

बैठकमा सुरुमै कार्यदलका संयोजक रामबहादुर थापाले दुईवटा छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदन प्रस्तुत गर्दै थापाले भनेका थिए– ‘एउटा महासचिवको तर्फबाट र अर्को मेरो तर्फबाट ।’
रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ ले औंल्याएका सम्पूर्ण सरकारी तथा...
आधा घण्टा समय दिएका प्रधानमन्त्रीले व्यवसायीसँग गरे दुई घण्टा छलफल

आधा घण्टा समय दिएका प्रधानमन्त्रीले व्यवसायीसँग गरे दुई घण्टा छलफल

प्रधानमन्त्री बालेन शाहले लगानीको ठूलो हिस्सा ओगटेका निजी क्षेत्रका चार व्यवसायीसँग दुई घण्टा छलफल गरेका छन्।