नेभिगेशन
मुख्य समाचार

एमाले पुनर्गठन कार्यदल शनिबारदेखि आवासीय छलफलमा

काठमाडौं । नेकपा (एमाले)को ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ले शनिबारदेखि आवासीय रूपमा बसेर छलफल गर्ने भएको छ। कार्यदलले छलफलपछि एउटै प्रतिवेदन तयार गरी पार्टी सचिवालयमा पेस गर्नेछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यदलको बैठक शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको थियो।

Marvel
Extreme Energy

प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठकमा कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ले दुईवटा छुट्टाछुट्टै दस्तावेज प्रस्तुत गरेका थिए। एउटा ‘महासचिवको तर्फबाट’ र अर्को ‘मेरो तर्फबाट’ भन्दै उनले ती दस्तावेज प्रस्तुत गरेका थिए।

छलफलका क्रममा छुट्टाछुट्टै प्रतिवेदन बनाउनु उपयुक्त नहुने धारणा आएको थियो। दुवै दस्तावेजमा रहेका विषय समेटेर एउटै प्रतिवेदन तयार गर्ने सहमति भएको छ।

शुक्रबार प्रस्तुत भएका दुवै दस्तावेजको अध्ययन गरेपछि शनिबारदेखि आवासीय रूपमा थप छलफल गर्ने निर्णय भएको छ।

कार्यदलले छलफलबाट एउटै प्रतिवेदन तयार गरी सचिवालयमा पेस गर्नेछ।

सोही निर्णय गर्दै शुक्रबारको बैठक सकिएको छ।

एमाले सचिवालयको गत जेठ १० गते बसेको आठौं बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनबारे सुझाव पेस गर्न कार्यदल गठन गरेको थियो। कार्यदललाई एक महिनाको समय दिएको भए पनि चार महिना बित्न लाग्दा पनि विषयको किनारा लाग्न सकेको छैन।

कार्यदलले १३ वटा समूहुसँग छुट्टाछुट्टै छलफल गरेर सुझाव मागेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अमेरिकी मिडटर्म चुनावमा ठूलो हारपछि ट्रम्पले के भने ?

अमेरिकी मिडटर्म चुनावमा ठूलो हारपछि ट्रम्पले के भने ?

अमेरिकी मध्यकालीन चुनावमा सत्तारुढ रिपब्लिकन पार्टी नराम्रोसँग पराजित भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका छन् ।
अमेरिकामा ट्रम्पको रिपब्लिकन पार्टी मिडटर्म चुनाव हार्नुका पाँच कारण

अमेरिकामा ट्रम्पको रिपब्लिकन पार्टी मिडटर्म चुनाव हार्नुका पाँच कारण

अमेरिकी मध्यकालीन (मिडटर्म) निर्वाचनमा डेमोक्रेट्सले ऐतिहासिक जित हासिल गरेका छन्। उनीहरूले अमेरिकी कंग्रेस (व्यवस्थापिका) मा स्पष्ट बहुमत हात पारेका छन्।
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
१८ करोड अडियो प्रकरणले कांग्रेसमा हलचल, आईजीपी प्रकरणमा पनि बोल्यो

१८ करोड अडियो प्रकरणले कांग्रेसमा हलचल, आईजीपी प्रकरणमा पनि बोल्यो

नेपाली कांग्रेसले पार्टीको आधिकारिकताका विषयमा लगाइएका आरोपहरूको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय छानबिनको माग गरेको छ।