नेभिगेशन
मुख्य समाचार

परराष्ट्र भन्छ– राष्ट्रसंघमा नेपालले जलवायु संकटबाट परेको असरबारे जानकारी गराउँछ

काठमाडौँ । नेपालले अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा जलवायु संकटबाट नेपालमा परेको असरबारे जानकारी गराउने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव अमृतबहादुर राईले संयुक्त राष्ट्रसंघको महासभामा विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य भूमिका भए पनि नेपालले ठूलो नकारात्मक असर भोगिरहेको विषयलाई दृढतापूर्वक उठाइने जानकारी दिएका हुन् ।

Ncell
Extreme Energy

प्रधानमन्त्री बालेन्द्र शाहले २४ सेप्टेम्बरमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव राईले बताए ।

उनले नेपालमा गत वर्ष भएको ‘जेन्जी आन्दोलन’, त्यसपछिको सफल निर्वाचन र वर्तमान सरकारका प्राथमिकताहरू अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न यो भ्रमण महत्त्वपूर्ण अवसर हुने उल्लेख गरे । 

महासभामा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पु¥याएको अपूरणीय क्षतिको स्मरण गराउँदै नेपाल जलवायु संकटको अग्रपंक्तिमा रहेको पुष्टि भएको उल्लेख गरिने स्पष्ट पारे ।

त्यस्तै ‘फण्ड फर रेस्पोन्डिङ टु लस एण्ड ड्यामेज’ लगायतका निकायहरूबाट तत्काल उचित क्षतिपूर्ति तथा सहायता पाउनुपर्ने ‘जलवायु न्याय’ को माग समेत गरिने सचिव राईले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एमाले पुनर्गठन कार्यदल शनिबारदेखि आवासीय छलफलमा

एमाले पुनर्गठन कार्यदल शनिबारदेखि आवासीय छलफलमा

नेकपा (एमाले)को ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ले शनिबारदेखि आवासीय रूपमा बसेर छलफल गर्ने भएको छ। कार्यदलले छलफलपछि एउटै प्रतिवेदन तयार गरी पार्टी सचिवालयमा पेस गर्नेछ।
पहिले एउटा प्रतिवेदनलाई दुइटा बनाइयो, अब फेरि एउटै बनाउने

पहिले एउटा प्रतिवेदनलाई दुइटा बनाइयो, अब फेरि एउटै बनाउने

बैठकमा सुरुमै कार्यदलका संयोजक रामबहादुर थापाले दुईवटा छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदन प्रस्तुत गर्दै थापाले भनेका थिए– ‘एउटा महासचिवको तर्फबाट र अर्को मेरो तर्फबाट ।’
रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ ले औंल्याएका सम्पूर्ण सरकारी तथा...
सत्तामा रहिरहने भ्रमबाट मुक्त हुनुहोस्ः वर्षमान

सत्तामा रहिरहने भ्रमबाट मुक्त हुनुहोस्ः वर्षमान

‘कार्यालयका भित्तामा झुण्डिएका पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीका तस्बिर हेरेर सधैँ सत्तामा रहिरहने भ्रमबाट मुक्त हुनुहोस्’ उनले भने ।