नेभिगेशन
समाज

बाढीले पुरिएका यी सुरुङमा जारी छ बेपत्ताको खोजी

काठमाडौँ । भोटेकोशी बाढीले पुरिएका विभिन्न ६ वटा जलविद्युत् आयोजनाका सुरुङमा बेपत्ता मानिसहरुको खोजी भइरहेको छ । बाढीको सोह्रौँ दिन आज विभिन्न ६ वटा सुरुङमा खोजी तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली सेनाका अनुसार, रसुवागढी जलविद्युत आयोजनामा स्वदेशी तथा विदेशी सहितको संयुक्त टोलीले काम गरिरहेको छ भने लाङटाङ हाइड्रोमा नेपाली सेनाको टोली टनेलभित्र प्रवेश गरेर खोजी कार्य गरिरहेको छ।

Ncell
Extreme Energy

त्यसैगरी चिलिमे हाइड्रोमा विदेशी सहितको संयुक्त टोलीले टनेल भित्रको लेदो फाल्ने कार्य गरिरहेको छ। टनेलसम्म ठूला उपकरण लैजान बाटो निर्माण गरेपछि खोजी कार्यलाई तीव्र पारिएको सेनाले जनाएको छ ।

माथिल्लो त्रिशुली १ को हाकुबेसीस्थित टनेलमा नेपाली सेनाको टोलीले २०० मिटर आसपासको इलाकामा ड्रोनमार्फत रेकी गरी खोजी कार्य गरिरहे पनि अहिलेसम्म केही परेको छैन ।

त्रिशूली ३ ए र थ्री बी को पावरहाउस तथा टनेल इलाकामा पनि संयुक्त टोलीले खोजी कार्य गरिरहेको सेनाले उपलब्ध गराएको पछिल्लो विवरणमा उल्लेख छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीपछि चार हिमतालको पानी घटाउने तयारीमा सरकार, दुई अर्ब लाग्ने

भोटेकोशी बाढीपछि चार हिमतालको पानी घटाउने तयारीमा सरकार, दुई अर्ब लाग्ने

भोटेकोशी बाढीपछि सरकारले जोखिममा रहेका चार हिमतालको पानीको सतह घटाउने तयारी थालेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय स्रोतका अनुसार मनाङको ठुलागी, सङ्खुवासभाको तल्लो बरुण, सोलुखुम्बुको लुम्बिङ...
कांग्रेस महाधिवेशनका २ तालिकाः कहाँ अड्कियो सहमति ?

कांग्रेस महाधिवेशनका २ तालिकाः कहाँ अड्कियो सहमति ?

दुवै समूहले तालिका नै सार्वजनिक गरेर महाधिवेशनको तयारी अगाडि बढाइरहँदा पनि केही नेताहरुले सहमतिको प्रयास जारी राखेका छन् । तर, सभापति गगनकुमार थापा र निवर्तमान सभापति शेरबहादुर देउवाबीच...
परराष्ट्र भन्छ– राष्ट्रसंघमा नेपालले जलवायु संकटबाट परेको असरबारे जानकारी गराउँछ

परराष्ट्र भन्छ– राष्ट्रसंघमा नेपालले जलवायु संकटबाट परेको असरबारे जानकारी गराउँछ

नेपालले अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा जलवायु संकटबाट नेपालमा परेको असरबारे जानकारी गराउने भएको छ ।
एमाले पुनर्गठन कार्यदल शनिबारदेखि आवासीय छलफलमा

एमाले पुनर्गठन कार्यदल शनिबारदेखि आवासीय छलफलमा

नेकपा (एमाले)को ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ले शनिबारदेखि आवासीय रूपमा बसेर छलफल गर्ने भएको छ। कार्यदलले छलफलपछि एउटै प्रतिवेदन तयार गरी पार्टी सचिवालयमा पेस गर्नेछ।