नेभिगेशन
समाज

हुप्सेकोटको घाँगीभीरमा किन निस्किरहेछ धुवाँको मुस्लो ?

पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–६ स्थित घाँगी भीरबाट पछिल्लो ६ महिनादेखि निरन्तर धुँवाको मुस्लो निस्किरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पेलेगा र भडारी गाउँको बीचमा पर्ने पहाडमा दुई वर्षअघि पहिरो गएको थियो । त्यही ठाउँमा जमिनमुनिबाट गत चैतदेखि निरन्तर धुँवा निस्किरहेको स्थानीय दानबहादुर राना मगरले बताए ।
 
करिब १८ वर्ष पहिले सोही क्षेत्रको दक्षिण भेगमा पनि धुँवाको मुस्लो निस्किएको थियो । केही समयपछि त्यहाँ आफैँ निभ्यो, अहिले फेरि अर्को ठाउँमा धुँवा निस्किएको हो । ‘धुँवा अमिलो, बारुदजस्तो स्वादको मानेका छौँ । नजिकको बस्तीका बासिन्दालाई सास फेर्न गाह्रो बनाइसक्यो’ उनले सुनाए ।

Ncell
Extreme Energy

धुँवाको मुस्लो निस्किरहेको ठाउँमा सुकेको घाँस, दाउरा राखिएमा आफैँ आगो बल्ने गरेको छ ।  

हुप्सेकोट गाउँपालिका–६ फलाम खानी भएको क्षेत्र हो । अहिले धुँवा निस्किरहेको स्थानको तल्लो भागको खोला किनार सबै पहेँलो छ भने त्यहाँको पानी फिटकिरीको स्वादजस्तो छ । पहिले बाजेको पालामा त्यहाँ फलाम निकाल्ने र त्यसबाट खुकुरी निर्माण गर्ने गरिएको स्थानीय ७० वर्षीय गमबहादुर सुनारी मगरले सुनाए ।

पहिरो गएको स्थानमा गन्हाउने धुँवा निस्कनुले पेलेगामा बसोबास गर्ने ५ सय नागरिक जोखिममा रहेकाले अध्ययन गरी समाधान गर्नुपर्ने उनले बताए । ‘पानी परेको समयमा पनि धुँवा निस्कन रोकिँदैन, अनि रातभर जाग्राम बस्छौँ, कतै बस्ती नै लैजाने हो कि आगो लागेर भन्ने डर लागिरहन्छ’ उनले भने ।

धुँवा निस्किएको ठाउँभन्दा करिब ५ सय मिटर टाढा पेलेगामा ४४ घरधुरी बस्छन् । पहिरोसँगै जमिनमुनिबाट निरन्तर धुँवा निस्कने क्रम नरोकिएपछि बस्ती नै जोखिम पर्ने चिन्ता स्थानीयको छ । यस क्षेत्र नजिकै धैवादी फलाम खानी छ । फलाम खानी नजिक भएको, ग्यास वा धातुको खानीसमेत हुनसक्ने हुँदा यसको तत्काल अनुसन्धान गर्नुपर्ने स्थानीयको माग छ ।

लामो समयदेखि स्थानीयले धँवा निस्किरहेको जानकारी गराएपछि विस्तृत अध्ययन गरेर वास्तविकता पत्ता लगाउन केन्द्र सरकारसँग अनुरोध गरिएको र आवश्यक समन्वय भैरहेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् । ‘पानी परेको समयमा धुँवा झनै फैलिएको भन्ने जानकारी भएपछि स्थलगत अनुगमन गर्दा भासिएको जमिनमा धुँवा निस्किरहेको र वरपरका बोटविरुवा पोलिएको भेटियो । अब जमिनबाट धुँवा निस्कने विषय सामान्य होइन भनेर यसको कारण पत्ता लगाएर समाधानतर्फ लाग्छौँ’ उनले भनिन् ।

घाँगी भीरमा देखिएको असामान्य गतिविधिलाई सामान्य घटनाका रूपमा नलिन नवलपुर–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजन गौतमले आकस्मिक समय लिएर सरकारको ध्यानाकर्षण गराएका थिए । खानी तथा भूगर्भ विभागले यस विषयमा अध्ययन गर्ने तयारी गरेको छ ।
धनु भुसाल–नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालमा सङ्ग्रहालय जोगाउनै मुस्किल

नेपालमा सङ्ग्रहालय जोगाउनै मुस्किल

नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा प्रणाली कमजोर रहेको एक अध्ययनले देखाएको छ ।
छुट्टै महाधिवेशन कि संस्थापनमा मिसिने ? देउवा समूह अलमलमा

छुट्टै महाधिवेशन कि संस्थापनमा मिसिने ? देउवा समूह अलमलमा

नेपाली कांग्रेसले वडा अधिवेशनमा सहभागी हुने नेताहरुलाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेपछि छुट्टै महाधिवेशनको तालिका सार्वजनिक गरेको निवर्तमान सभापति शेरबहादुर देउवा समूह अलमलमा परेको छ ।
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत...