नेभिगेशन
सबै कुरा

कृषि सामाग्रीका निमित्त प्रबन्धकलाई कारबाही माग गर्दै अख्तियारमा उजुरी

काठमाडौं । कृषि सामाग्री कम्पनीका निमित्त प्रबन्धक विष्णुप्रसाद पोखरेललाई अनुसन्धान गरी कारबाही गर्न माग गर्दै अख्यिार दुरुपयोग आयोगमा उजुरी परेको छ । 

आइतबार आयोगमा सी ०४४९३१ नम्बरमा दर्ता भएको उजुरीमा पदको लाभका लागि स्वार्थ बाझिने काम गरेको उल्लेख छ । कृषि सामाग्री कम्पनीको रिक्त प्रबन्ध सञ्चालक पदको नियुक्तीका लागि आफूअनुकुल कार्यविधि बनाएर आफै प्रतिस्पर्धामा सहभागी भएको आरोप उनीमाथि लगाइएको छ ।

Global Ime Bank

‘आफैं योग्य ठहरीने गरी कार्यविधि बनाएर आफैं कम्पनीको प्रबन्धक बन्न निजले दौडधुप गरिरहेका छन्,’ अख्तियारमा दायर भएको उजुरीमा भनिएको छ,‘यस अघि पनि अख्तियारको कारबाहीमा परेका पोखरेलले पद प्राप्त गर्ने उद्येश्यले फेरि पनि अख्तियारको दुरुपयोग गरेका छन् ।’ 

पोखरेलले नै तयार पारेको कार्यविधिमा आधारित भएर कृषि तथा पशुपंछी विकास मन्त्रालयले कृषि सामाग्री लिमिटेडको प्रबन्ध सञ्चालक नियुक्ति अन्तिम चरणमा पु¥याएको छ ।   


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट)चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा उनीहरुबिच कतारको दोहास्थित हमाद अन्तरराष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको हो ।
असार १५ः धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

असार १५ः धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली...
प्रतिनिधिसभाको बैठक बस्दै, निजामती विधेयक पारित गरिँदै

प्रतिनिधिसभाको बैठक बस्दै, निजामती विधेयक पारित गरिँदै

मुलुक सङ्घीय संरचनामा गए पनि प्रशासनिक सङ्घीयता कार्यान्वयनमा जटिलता पैदा हुँदै आएको गुनासो थियो । प्रतिनिधिसभाको यही असार ३ गतेको बैठकमा सो विधेयक पारित गर्नेगरी कार्यसूची तय भए...
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थान तथा अन्य प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना  छ । देशका उच्चपहाडी तथा हिमाली भूभागका केही...