नेभिगेशन
समाज

दल त्याग गर्ने १० स्थानीय जनप्रतिनिधिको पद गयो

काठमाडौँ ।  निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित १० जनाबह स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोगले सम्बन्धित स्थानीय तहका ती निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेको सम्बन्धमा आज सूचना प्रकाशन गरी उहाँहरूको पद रिक्त भएको जानकारी दिएको हो । 

Ncell
Extreme Energy

आयोगका अनुसार मधेस प्रदेशका चार, कोशी प्रदेशका तीन, बागमती प्रदेशका दुई र सुदूरपश्चिम प्रदेशका एक जनप्रतिनिधिको पद रिक्त भएको हो । मधेस प्रदेशअन्तर्गत धनुषाको शहीदनगर नगरपालिका वडा नं ५ का वडाध्यक्ष तनुकलाल कुसियैत, विदेह नगरपालिका वडा नं ६ का वडाध्यक्ष जयराम मण्डल, कमला नगरपालिका वडा नं ५ का वडाध्यक्ष शीबा पासमान र मिथिला नगरपालिका वडा नं २ का वडाध्यक्ष बिहारी महतो कोइरीको पद रिक्त भएको छ ।

यसैगरी, कोशी प्रदेशमा खोटाङको केपिलासगढी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष तुलाराम राई, बराहपोखरी गाउँपालिकाउपाध्यक्ष भुवलराज राई र मोरङको धनपालथान गाउँपालिका वडा नं ५ का वडाध्यक्ष गयानन्द सरदारको पद रिक्त भएको छ ।
 
बागमती प्रदेशअन्तर्गत दोलखाको जिरी नगरपालिका वडा नं ६ का वडाध्यक्ष मर्जितबहादुर खड्का र वडा नं ३ का वडाध्यक्ष खेटराज घिमिरेको पद पनि रिक्त भएको छ ।

सुदूरपश्चिम प्रदेशको कैलालीस्थित बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीको पदसमेत दल त्यागका कारण रिक्त भएको आयोगको सूचनामा उल्लेख छ ।

आयोगका अनुसार विसं २०७९ को स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका राजनीतिक दलबाट निर्वाचित भई पछि अन्य दलमा प्रवेश गरेका जनप्रतिनिधिको विवरण सम्बन्धित राजनीतिक दलको केन्द्रीय समितिको निर्णयसहित आयोगमा प्राप्त भएको थियो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको देखिएकाले सम्बन्धित स्थानीय तहका निर्वाचित पद रिक्त भएको आयोगले जनाएको छ ।

आयोगले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशन गरेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा बाढी : ऊर्जामन्त्री श्रेष्ठले स्थगित गरे कोरिया भ्रमण

रसुवा बाढी : ऊर्जामन्त्री श्रेष्ठले स्थगित गरे कोरिया भ्रमण

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्ध गरेका छन् ।
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, राजदूत नियुक्ति सिफारिस गरिने

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, राजदूत नियुक्ति सिफारिस गरिने

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

सरकारले सुरक्षित मातृत्व र अभिभावकत्वका लागि प्रसूति बिदा अवधि बढाएको छ ।
ओली र विद्याबीच दुई घण्टा वार्ता, के भयो कुराकानी ?

ओली र विद्याबीच दुई घण्टा वार्ता, के भयो कुराकानी ?

गत शुक्रबार दुई महिनापछि नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक पार्टी कार्यालयमा बसेको थियो।