नेभिगेशन
सबै कुरा

वीरगंज महानगरका डेढ दर्जन पूर्वकर्मचारीले ५ महिनादेखि पाएनन् उपदानको रकम

वीरगंज । वीरगंज महानगरपालिकाबाट अवकाशप्राप्त कर्मचारीले ५ महिनादेखि उपदानको रकम पाउन सकेका छैनन् । छैटाैँ, सातौँ तहका अधिकृत, महानगरका नाईके, कर्मचारीलगायत डेढ दर्जन अवकाश प्राप्त कर्मचारी विगत ५ महिनादेखि उपदानको रकम पाउन दाैडधुप गरिरहेका छन् तर पाउन सकेका छैनन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कर्मचारीहरुले पटक-पटक मौखिक तथा लिखित ताकेता गरेपनी उपदानबाट पाउने रकम नपाएर परिवारको भरण पोषण गर्न समस्या भइरहेको भन्दै रकम उपलब्ध गराईदिन निवेदन दिएका छन् ।

Ncell
Extreme Energy

प्रमुख प्रशासकीय अधिकृत मात्रिका भट्टराई, वीरगंज महानगरका मेयर राजेशमान सिंह र उपमेयर इम्तयाज आलमलाई एक दर्जन बढी पूर्वकर्मचारीले दिएको निवेदनमा उपदान उपलब्ध गराईदिन ध्यानाकर्षण गराइएको छ । उनीहरुले उपदानबाट आउने रकम ब्याजसहित भुक्तानी गराईदिन माग गरेका छन् ।

अवकाश प्राप्त पूर्व कर्मचारी सातौँ तहका इन्जिनियर राजेश कुमार चौरासिया, छैटाैँ पदमा कार्यरत अधिकृत निरन्जन क्षेत्री, सुनिल सागर डंगोल, भरत बहादुर थपा, गोपाल प्रसाद मरहठ्ठा, मयानन्द देव, बबिता पौडेल, नाईके रामराज महतो लगायतले उपदानबाट आउने रकम ब्याजसहित भुक्तानी गराईदिन निवेदन दिएका छन् । 

पूर्व प्रशासकीय अधिकृत लक्ष्मी पौडल हुदैँ अवकाश प्राप्त कर्मचारी उपदानको रकम माग्दै आए पनि ५ महिना हुन लाग्दा नयाँ प्रशासकिय अधिकृत आएपछि पनि रकम उपलब्ध नगराएको पूर्वकर्मचारीहरुको आरोप छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

किष्ट अस्पताल ललितपुरले पाँच  वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।
अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको...
राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा यातायात सञ्चालन, पुनर्निर्माण र पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे विकास साझेदारहरूसँग छलफल गरेका छन्।

भर्खरै