नेभिगेशन
सबै कुरा

वीरगंज महानगरका डेढ दर्जन पूर्वकर्मचारीले ५ महिनादेखि पाएनन् उपदानको रकम

वीरगंज । वीरगंज महानगरपालिकाबाट अवकाशप्राप्त कर्मचारीले ५ महिनादेखि उपदानको रकम पाउन सकेका छैनन् । छैटाैँ, सातौँ तहका अधिकृत, महानगरका नाईके, कर्मचारीलगायत डेढ दर्जन अवकाश प्राप्त कर्मचारी विगत ५ महिनादेखि उपदानको रकम पाउन दाैडधुप गरिरहेका छन् तर पाउन सकेका छैनन् । 

कर्मचारीहरुले पटक-पटक मौखिक तथा लिखित ताकेता गरेपनी उपदानबाट पाउने रकम नपाएर परिवारको भरण पोषण गर्न समस्या भइरहेको भन्दै रकम उपलब्ध गराईदिन निवेदन दिएका छन् ।

Global Ime Bank

प्रमुख प्रशासकीय अधिकृत मात्रिका भट्टराई, वीरगंज महानगरका मेयर राजेशमान सिंह र उपमेयर इम्तयाज आलमलाई एक दर्जन बढी पूर्वकर्मचारीले दिएको निवेदनमा उपदान उपलब्ध गराईदिन ध्यानाकर्षण गराइएको छ । उनीहरुले उपदानबाट आउने रकम ब्याजसहित भुक्तानी गराईदिन माग गरेका छन् ।

अवकाश प्राप्त पूर्व कर्मचारी सातौँ तहका इन्जिनियर राजेश कुमार चौरासिया, छैटाैँ पदमा कार्यरत अधिकृत निरन्जन क्षेत्री, सुनिल सागर डंगोल, भरत बहादुर थपा, गोपाल प्रसाद मरहठ्ठा, मयानन्द देव, बबिता पौडेल, नाईके रामराज महतो लगायतले उपदानबाट आउने रकम ब्याजसहित भुक्तानी गराईदिन निवेदन दिएका छन् । 

पूर्व प्रशासकीय अधिकृत लक्ष्मी पौडल हुदैँ अवकाश प्राप्त कर्मचारी उपदानको रकम माग्दै आए पनि ५ महिना हुन लाग्दा नयाँ प्रशासकिय अधिकृत आएपछि पनि रकम उपलब्ध नगराएको पूर्वकर्मचारीहरुको आरोप छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मोटरसाइकल एकापसमा ठाेक्किदा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते

मोटरसाइकल एकापसमा ठाेक्किदा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते

मृत्यु हुनेमा ३४ वर्षीय इनर्चन चौधरी, उनका नौ वर्षीय छोरा प्रनिष र अर्का मोटरसाइकल चालक ५१ वर्षीय बिन्दु यादव छन् ।
प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट)चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा उनीहरुबिच कतारको दोहास्थित हमाद अन्तरराष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको हो ।
असार १५ः धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

असार १५ः धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली...
प्रतिनिधिसभाको बैठक बस्दै, निजामती विधेयक पारित गरिँदै

प्रतिनिधिसभाको बैठक बस्दै, निजामती विधेयक पारित गरिँदै

मुलुक सङ्घीय संरचनामा गए पनि प्रशासनिक सङ्घीयता कार्यान्वयनमा जटिलता पैदा हुँदै आएको गुनासो थियो । प्रतिनिधिसभाको यही असार ३ गतेको बैठकमा सो विधेयक पारित गर्नेगरी कार्यसूची तय भए...