नेभिगेशन
नेताका कुरा

परराष्ट्रमन्त्री भन्छन्– तथ्य र प्रमाणका आधारमा मुद्दा स्थापित गर्नुपर्छ

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन सम्बन्धमा  तथ्यका आधारमा नेपालका मुद्दाहरू विश्वसामु स्थापित गर्नुपर्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा मन्त्री खनालले अन्तर्राष्ट्रिय मञ्चहरूमा भावनात्मक कुराले मात्र नतिजा नआउने बताए । उनले  डेटा, प्रमाण र वैज्ञानिक तथ्यका आधारमा नेपालका मुद्दाहरू स्थापित गर्नुपर्नेमा जोड दिए । 

Marvel
Extreme Energy

आगामी हप्ता प्रधानमन्त्रीको नेतृत्वमा जाने प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिता जनाउने उनले जानकारी दिए ।

मन्त्री खनालले हिमालय क्षेत्रका सम्बन्धमा देशभित्र र बाहिर भएका अध्ययन–अनुसन्धानलाई एकीकृत गरी राष्ट्रिय धारणामा एकरूपता ल्याउनुपर्नेमा जोड दिए । जोखिम न्यूनीकरणका लागि सीमापार सहकार्य र विपद् पूर्वतयारीमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

प्राकृतिक विपद्ले विगत २५–३० वर्षदेखि बनाइएको नेपालको समृद्धिको मोडलमा नै गम्भीर धक्का पु¥याएकाले विकास रणनीतिमा सामूहिक पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको समेत उनले बताए ।

त्यस्तै, परराष्ट्र सचिव अमृतबहादुर राईले प्रधानमन्त्रीले २४ अक्टोबरमा संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्ने र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले जनधनको ठूलो क्षति पु¥याएको सन्दर्भ उठाउँदै नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको तथ्य प्रस्तुत गरिने उनले बताए । सचिव राईले ‘लस एण्ड ड्यामेज’ कोषबाट तत्काल र उचित क्षतिपूर्ति तथा जलवायु न्यायका लागि विश्व समुदायलाई आह्वान गरिने पनि जानकारी दिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने

मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने भएको छ ।
कांग्रेसले अचानक किन बोलायो प्रतिपक्षी दलहरूको बैठक ?

कांग्रेसले अचानक किन बोलायो प्रतिपक्षी दलहरूको बैठक ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल गर्न प्रतिपक्षी दलहरूको बैठक बोलाएको छ ।
राप्ती नदीको दिगो व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन र गुरुयोजना निर्माण सुरु

राप्ती नदीको दिगो व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन र गुरुयोजना निर्माण सुरु

पश्चिम राप्ती नदीको बाढी जोखिम न्यूनीकरण तथा दिगो व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन र गुरुयोजना निर्माणको काम अघि बढाइएको छ ।
गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन भएको समाचार भ्रामक : जिल्ला प्रशासन

गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन भएको समाचार भ्रामक : जिल्ला प्रशासन

गृहमन्त्री सुधन गुरुङको राजीनामा माग्दै गोरखा सदरमुकाममा प्रदर्शन भएको भन्ने समाचार भ्रामक रहेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।