नेभिगेशन
सबै कुरा

यस्तो छ एनसेल प्रकरणमा छानबिन समितिले दिएको १० सुझाव

काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद–बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष सिंहदरवारमा प्रतिवेदन पेस गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको उपस्थितिमा समितिका संयोजक टङ्कमणि शर्मा दङ्गालले उक्त प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस गरेका हुन्। 

Ncell
Extreme Energy

समितिले एनसेल शेयर खरिदबिक्रीमा सम्बन्धमा थप छानबिन हुनुपर्ने निष्कर्ष निकालेको छ । साथै खरिद विक्रिकर्ता दुबै पक्षले कानुन बमोजिम निवेदन निदुपर्नेमा अहिलेसमम नदिएको, खरिद विक्रिअघि स्वीकृति लिनुपर्नेमा नलिएको, व्यवस्थापकीय क्षमता पुष्टि हुने कागजात पेश नगरेको देखिदा यो शेयर खरिद विक्रि सम्झौता यथास्थितीमा स्वीकार गर्न उपयुक्त नहुने सुझाव दिएको छ । 

समितिले एनसेल आजियाटा तथा अन्य सम्बद्ध पक्षहरुको कर परीक्षण गर्न बाँकी देखिएकोले तत्काल कर परीक्षण गरी कर दायित्व निर्धारण गरी असुल गर्नुपर्ने औँल्याएको छ ।



सरकारले गत मङ्सिर २१ गते एनसेलको शेयर खरिद बिक्रीको निर्णयका सम्बन्धमा प्रचलित कानुनको परिपालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीको सम्बन्धमा पर्न सक्ने असरलगायत विषयमा छानबिन गर्न पूर्वमहालेखापरीक्षक शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो । 

समितिमा नेपाल सरकारका सचिव फणीन्द्र गौतम, अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का अध्यक्ष सुजनकुमार काफ्ले सदस्य हुनुहुन्थ्यो । समितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्ने समयावधि दिइएपछि छानबिन नसकिएपछि म्याद थप गरिएको थियो ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको छ।...
“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

Hi-Res Audio प्रमाणपत्र, Sony LDAC सुविधा र Sony द्वारा समायोजन गरिएको ध्वनिसहित Aura ले सामान्यतया निकै महँगा अन्तर्राष्ट्रिय इयरबड्समा पाइने प्रविधिहरू नेपाली ब्रान्डमार्फत नेपाली उपभोक्तामाझ ल्याएको छ ।...
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

यससँगै प्रभावित क्षेत्रमा थप एक हप्तासम्म एनसेलका भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क उपलब्ध हुनेछन्। यसअघि एनसेलले बाढी आएको दिन भदौ १० गते प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क...
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...

भर्खरै