नेभिगेशन
सबै कुरा

चितवनमा एक सय ४० उद्योग बन्द

चितवन । घरेलु तथा साना उद्योग कार्यालय चितवनमा दर्ता भई सञ्चालनमा रहँदै आएका एक सय ४० वटा उद्योग बन्द भएका छन् । कार्यालयका अनुसार चालु आवमा ती उद्योग बन्द गर्नका लागि कार्यालयमा निवेदन परेको हो ।

 कार्यालयका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार ३१ वटा उत्पादनमूलक, ५५ वटा कृषि तथा वनजन्य, २० वटा पर्यटनमूलक र ३४ वटा सेवामूलक उद्योग बन्द भएका छन् । सोही समयमा ४० वटा उद्योगले नामसारी गरेका छन् ।  ११ वटा उद्योगले ठाउँसारी गरेका छन् ।

Global Ime Bank

 चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई सय ५८ वटा उद्योग दर्ता भएका छन् । साना उद्योगतर्फ ती फर्महरु दर्ता भएका हुन् । गत वर्षको तुलनामा यस वर्ष उद्योग दर्ता हुने क्रम न्यून र बन्द हुने तथा बिक्री हुने क्रम तीव्र भएको पाइएको उनले बताए  । 

 सोही समयमा व्यावसायिक फर्महरु एक सय ८१ वटाको लगत कट्टा गरिएको छ । १३ वटाको नामसारी र २२ वटाको ठाउँसारी गरिएको छ । 

व्यावसायिक फर्मतर्फ दुई सय ७३ वटा नयाँ दर्ता भएका छन् । गत आर्थिक वर्ष २०७९÷८० मा व्यवसाय बन्द गर्नेको सङ्ख्या चार सय ३४ रहेको थियो । 

यस्तै ३८ वटाले ठाउँसारी गरेका थिए । गत आर्थिक वर्ष २०७९र८० मा दुई सय ६९ वटा उद्योग बन्द भएका थिए । उहाँका अनुसार गत आर्थिक वर्षमा आठ सय ५९ वटा उद्योग दर्ता भएका थिए । सो वर्ष नामसारीका लागि ६३ वटा उद्योगका सञ्चालकहरुले निवेदन दिएका थिए भने ३४ वटाले स्थान परिवर्तन गरेका थिए ।

 वैदेशिक रोजगारीका लागि कम्पनी दर्ता गरेर आयआर्जन देखाउने र प्रयोजन सकिएपछि कम्पनी बन्द गर्न आउनेको सङ्ख्या बढ्दो रहेको घरेलु तथा साना उद्योग कार्यालय चितवनले जनाएको  छ । 

चालु आर्थिक वर्षमा एक सय ३३ जना महिला उद्यमीले उद्योग दर्ता गराउँदा पुरुषका नाममा एक सय ११ वटा दर्ता भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मोटरसाइकल एकापसमा ठाेक्किदा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते

मोटरसाइकल एकापसमा ठाेक्किदा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते

मृत्यु हुनेमा ३४ वर्षीय इनर्चन चौधरी, उनका नौ वर्षीय छोरा प्रनिष र अर्का मोटरसाइकल चालक ५१ वर्षीय बिन्दु यादव छन् ।
प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट)चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा उनीहरुबिच कतारको दोहास्थित हमाद अन्तरराष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको हो ।
असार १५ः धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

असार १५ः धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली...
प्रतिनिधिसभाको बैठक बस्दै, निजामती विधेयक पारित गरिँदै

प्रतिनिधिसभाको बैठक बस्दै, निजामती विधेयक पारित गरिँदै

मुलुक सङ्घीय संरचनामा गए पनि प्रशासनिक सङ्घीयता कार्यान्वयनमा जटिलता पैदा हुँदै आएको गुनासो थियो । प्रतिनिधिसभाको यही असार ३ गतेको बैठकमा सो विधेयक पारित गर्नेगरी कार्यसूची तय भए...