नेभिगेशन
सबै कुरा

चितवनमा एक सय ४० उद्योग बन्द

चितवन । घरेलु तथा साना उद्योग कार्यालय चितवनमा दर्ता भई सञ्चालनमा रहँदै आएका एक सय ४० वटा उद्योग बन्द भएका छन् । कार्यालयका अनुसार चालु आवमा ती उद्योग बन्द गर्नका लागि कार्यालयमा निवेदन परेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 कार्यालयका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार ३१ वटा उत्पादनमूलक, ५५ वटा कृषि तथा वनजन्य, २० वटा पर्यटनमूलक र ३४ वटा सेवामूलक उद्योग बन्द भएका छन् । सोही समयमा ४० वटा उद्योगले नामसारी गरेका छन् ।  ११ वटा उद्योगले ठाउँसारी गरेका छन् ।

Ncell
Extreme Energy

 चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई सय ५८ वटा उद्योग दर्ता भएका छन् । साना उद्योगतर्फ ती फर्महरु दर्ता भएका हुन् । गत वर्षको तुलनामा यस वर्ष उद्योग दर्ता हुने क्रम न्यून र बन्द हुने तथा बिक्री हुने क्रम तीव्र भएको पाइएको उनले बताए  । 

 सोही समयमा व्यावसायिक फर्महरु एक सय ८१ वटाको लगत कट्टा गरिएको छ । १३ वटाको नामसारी र २२ वटाको ठाउँसारी गरिएको छ । 

व्यावसायिक फर्मतर्फ दुई सय ७३ वटा नयाँ दर्ता भएका छन् । गत आर्थिक वर्ष २०७९÷८० मा व्यवसाय बन्द गर्नेको सङ्ख्या चार सय ३४ रहेको थियो । 

यस्तै ३८ वटाले ठाउँसारी गरेका थिए । गत आर्थिक वर्ष २०७९र८० मा दुई सय ६९ वटा उद्योग बन्द भएका थिए । उहाँका अनुसार गत आर्थिक वर्षमा आठ सय ५९ वटा उद्योग दर्ता भएका थिए । सो वर्ष नामसारीका लागि ६३ वटा उद्योगका सञ्चालकहरुले निवेदन दिएका थिए भने ३४ वटाले स्थान परिवर्तन गरेका थिए ।

 वैदेशिक रोजगारीका लागि कम्पनी दर्ता गरेर आयआर्जन देखाउने र प्रयोजन सकिएपछि कम्पनी बन्द गर्न आउनेको सङ्ख्या बढ्दो रहेको घरेलु तथा साना उद्योग कार्यालय चितवनले जनाएको  छ । 

चालु आर्थिक वर्षमा एक सय ३३ जना महिला उद्यमीले उद्योग दर्ता गराउँदा पुरुषका नाममा एक सय ११ वटा दर्ता भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

किष्ट अस्पताल ललितपुरले पाँच  वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।
अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको...
राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा यातायात सञ्चालन, पुनर्निर्माण र पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे विकास साझेदारहरूसँग छलफल गरेका छन्।

भर्खरै