नेभिगेशन
सबै कुरा

पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको निधन

पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको हृदयघात भएर निधन भएको छ।

मङ्गलवार बिहान घरमै बसिरहेको उनलाई स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि कलंकीस्थित नेसनल अस्पतालमा पुर्‍याइएको थियो। उपचाररत मरासिनीको उपचारका क्रममा बिहान १० बजेतिर मृत्यु भएको अस्पतालले बताएको छ । 

Global Ime Bank

न्यायाधीश मरासिनी २ दिन अघि मात्र पाटन उच्च अदालतमा हाजिर भएका थिए। उनी गत पुस १८ गते उच्च अदालतमा नियुक्त भएका थिए । 

पुस १८ मा नियुक्त भएका उनको पुस २४ गते उच्च अदालत पाटनमा पदस्थापन भएको थियो। त्यसबिच ओरियन्टेसन कक्षा सकेर मरासिनी सोमबार मात्रै उच्च अदालत पाटनमा हाजिर भएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मोटरसाइकल एकापसमा ठाेक्किदा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते

मोटरसाइकल एकापसमा ठाेक्किदा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते

मृत्यु हुनेमा ३४ वर्षीय इनर्चन चौधरी, उनका नौ वर्षीय छोरा प्रनिष र अर्का मोटरसाइकल चालक ५१ वर्षीय बिन्दु यादव छन् ।
प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट)चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा उनीहरुबिच कतारको दोहास्थित हमाद अन्तरराष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको हो ।
असार १५ः धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

असार १५ः धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली...
प्रतिनिधिसभाको बैठक बस्दै, निजामती विधेयक पारित गरिँदै

प्रतिनिधिसभाको बैठक बस्दै, निजामती विधेयक पारित गरिँदै

मुलुक सङ्घीय संरचनामा गए पनि प्रशासनिक सङ्घीयता कार्यान्वयनमा जटिलता पैदा हुँदै आएको गुनासो थियो । प्रतिनिधिसभाको यही असार ३ गतेको बैठकमा सो विधेयक पारित गर्नेगरी कार्यसूची तय भए...