नेभिगेशन
सबै कुरा

नेपाल अत्याधिक भ्रष्टाचार हुने मुलुकको सूचीमा

काठमाडाैँ ।  नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा १०८औं स्थानमा परेको छ । गत वर्ष ११० औ स्थानमा रहेको नेपाल यस वर्ष १०८ औ स्थानमा पुगेको हो ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अनुसार गत वर्ष ३४ अंक पाएको नेपालले यसपटक ३५ अंक पाएर दुई अंक अगाडि आएको हो । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वारा मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई) २०२३ मा नेपालले १०० अंकमा ३५ अंक पाएको हो ।

Global Ime Bank

त्यस्तै ट्रान्सपरेन्सी नेपालले दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान र विश्वमै कम भ्रष्टाचार हुने देशमा डेनमार्क रहेको बताएको छ । भुटान ६८ अंकका साथ २६ औं स्थानमा रहेको छ भने डेनमार्कले ९० अंक पाएको छ ।

त्यस्तै उक्त संस्थाले दक्षिण एसियामा सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान र विश्वमै बढी भ्रष्टाचार हुने मुलुकमा सोमालिया रहेको बताएको छ । ट्रान्सपरेन्सी नेपालले १८० देशहरूलाई समेटेर तयार गरेको यो प्रतिवेदनमा ४० भन्दा कम अंक ल्याउने देशहरू अत्याधिक भ्रष्टाचार हुने देशअन्तर्गत पर्छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मोटरसाइकल एकापसमा ठाेक्किदा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते

मोटरसाइकल एकापसमा ठाेक्किदा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते

मृत्यु हुनेमा ३४ वर्षीय इनर्चन चौधरी, उनका नौ वर्षीय छोरा प्रनिष र अर्का मोटरसाइकल चालक ५१ वर्षीय बिन्दु यादव छन् ।
प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट)चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा उनीहरुबिच कतारको दोहास्थित हमाद अन्तरराष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको हो ।
असार १५ः धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

असार १५ः धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली...
प्रतिनिधिसभाको बैठक बस्दै, निजामती विधेयक पारित गरिँदै

प्रतिनिधिसभाको बैठक बस्दै, निजामती विधेयक पारित गरिँदै

मुलुक सङ्घीय संरचनामा गए पनि प्रशासनिक सङ्घीयता कार्यान्वयनमा जटिलता पैदा हुँदै आएको गुनासो थियो । प्रतिनिधिसभाको यही असार ३ गतेको बैठकमा सो विधेयक पारित गर्नेगरी कार्यसूची तय भए...