नेभिगेशन
सबै कुरा

पचहत्तर वर्षमा नागरिकता

माेरङ । लेटाङ नगरपालिका–३ की नेप्टी दर्जीले ७५ वर्षको उमेरमा नागरिता प्राप्त गरेकी छिन् । घरपरिवारविहीन दर्जीको अहिलेसम्म आफन्त कोही नभएका कारण नागरिताविहीन हुनुपरेको थियो । 

उनले लेटाङ–३ का वडाध्यक्ष डम्बरबहादुर राईको पहलमा नागरिकता प्राप्त गरेकी हुन् । बोल्न र सुन्न नसक्ने दर्जी शारीरिक रुपमा समेत अशक्त छिन् ।उनले नागरिकताबाट वञ्चित हुँदा राज्यबाट पाउने सेवासुविधाबाटसमेत वञ्चित हुनुपरेको थियो । दर्जी चार दशकअघिदेखि लेटाङबजार आसपासमा बेसहारा भई हिँड्डुल गर्दै आएकी थिइन् । उनको  नागरिकतामा सनाखत गर्ने कोही नभएकाले उनी नागरिकता पाउनबाट वञ्चित भएकी हुन् । उनको नागरिकतामा वडाध्यक्ष राईले सनाखत गरेका छन् । एक सहाराविहीन आमालाई नागरिकता दिलाई वडाध्यक्ष राईले सिङ्गो नगरपालिकाको इज्जत बढाउन सफल भएको नगर प्रमुख भूपेन्द्रकुमार लावतीले बताइन्। 

Global Ime Bank

वडाध्यक्ष राईले मोरङका प्रमुख जिल्ला अधिकारीको सल्लाहअनुसार दर्जीको संरक्षक भई नागरिकता दिलाउन सफल भएको बताए। दर्जीलाई सोमबार मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप शाहले लेटाङ नगरपालिकाको परिसरमा आई नागरिकता हस्तान्तरण गरेका हुन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज र भाेली यी १२ जिल्लामा भारी वर्षा हुने सम्भावना

आज र भाेली यी १२ जिल्लामा भारी वर्षा हुने सम्भावना

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आज आइतबार र सोमबार भारी वर्षाबाट उच्च जोखिममा रहेको जनाएको छ ।
राष्ट्रिय धान दिवसः खेतीयोग्य जमिन आवास क्षेत्रमा परिणत हुँदै (तस्बिरहरु)

राष्ट्रिय धान दिवसः खेतीयोग्य जमिन आवास क्षेत्रमा परिणत हुँदै (तस्बिरहरु)

आज असार १५ गते २२ औं राष्ट्रिय धान दिवस ‘धान बालीमा खाद्य सुरक्षा र आत्मनिर्भरता’ नाराका साथ मनाइँदै छ।
धान रोपाइँमा कृषि मन्त्री रामनाथ अधिकारी (तस्बिरहरू)

धान रोपाइँमा कृषि मन्त्री रामनाथ अधिकारी (तस्बिरहरू)

आज असार १५ गते २२ औँ राष्ट्रिय धान दिवस ‘धान बालीमा खाद्य सुरक्षा र आत्मनिर्भरता’ नाराका साथ मनाइँदै छ।
मोटरसाइकल एकापसमा ठाेक्किदा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते

मोटरसाइकल एकापसमा ठाेक्किदा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते

मृत्यु हुनेमा ३४ वर्षीय इनर्चन चौधरी, उनका नौ वर्षीय छोरा प्रनिष र अर्का मोटरसाइकल चालक ५१ वर्षीय बिन्दु यादव छन् ।