नेभिगेशन
सबै कुरा

बैतडी जिप दुर्घटना : एकको मृत्यु, सात जना घाइते

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।  जिल्लाको दोगडाकेदार गाउँपालिका–८ कालागाउँकी १५ वर्षीया मनिषा विष्टको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।  

दोगडाकेदारको सिल्लेगडाबाट कालागोरा गाउँ जाँदै गरेको सुप प्र ०१००२ ज १५३७ नम्बरको जिप आज दिउँसो  वडा नं २ को कटौजपानीमा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते हुनेका दोगडाकेदार– ८ कै चालकसमेत रहेका ३० वर्षीय भुपेन्द्र विष्ट, सोही ठाउँका ६५ वर्षीय गणेश विष्ट, ५० वर्षीया वीरे लुहार, २६ वर्षीया घुमरा विष्ट, ५० वर्षीया कृष्णा विष्ट, ७० वर्षीया हरिमाया विष्ट र १७ वर्षीय महेश विष्ट रहेका छन् । घाइतेमध्ये जिप चालक भूपेन्द्रको अवस्था गम्भीर रहेको प्रवक्ता जोशीले बताए। घाइतेको उद्घार गरी उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ । जिपमा चालकसहित आठ जना सवार थिए । 

Global Ime Bank

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धान रोपाइँमा कृषि मन्त्री रामनाथ अधिकारी (तस्बिरहरू)

धान रोपाइँमा कृषि मन्त्री रामनाथ अधिकारी (तस्बिरहरू)

आज असार १५ गते २२ औँ राष्ट्रिय धान दिवस ‘धान बालीमा खाद्य सुरक्षा र आत्मनिर्भरता’ नाराका साथ मनाइँदै छ।
मोटरसाइकल एकापसमा ठाेक्किदा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते

मोटरसाइकल एकापसमा ठाेक्किदा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते

मृत्यु हुनेमा ३४ वर्षीय इनर्चन चौधरी, उनका नौ वर्षीय छोरा प्रनिष र अर्का मोटरसाइकल चालक ५१ वर्षीय बिन्दु यादव छन् ।
प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट)चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा उनीहरुबिच कतारको दोहास्थित हमाद अन्तरराष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको हो ।
असार १५ः धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

असार १५ः धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली...