नेभिगेशन
सबै कुरा

आज राति हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा आज राति हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा आज अधिकतम तापक्रम १७।५ डिग्री सेल्सियस रह्योभने आज राति ३।५ भन्दा तल झर्ने अनुमान महाशाखाले गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाशाखाका मौसमविद् गङ्गा नगरकोटीका अनुसार अहिले सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित देशको पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।     

Ncell
Extreme Energy

आज राति कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । पश्चिमी वायु प्रभावकारी नहुँदा हिउँदे वर्षा हुन नसकेको मौसमविद् नगरकोटीले बताए । “हिउँदमा वर्षा गराउने भनेको पश्चिमी वायुको प्रभावले हो, यो वर्ष पश्चिमी वायुको प्रभाव आए पनि कमजोर किसिमको रहेकाले बाँदल लाग्ने भए पनि वर्षा गराउन सकेको थिएन । अबको केही दिन पश्चिमी वायुको प्रभाव रहेकाले देशका पश्चिमी भेगमा वर्षाको सम्भावना रहेको छ । तथापी पश्चिमी वायु देशको पूर्वी भेगतिर पुग्दा कमजोर भइसक्नेछ ।’

भोलि माघ १७ गते कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम पहाडी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । 

माघ १८ गते मङ्गलबार पनि गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना  छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

किष्ट अस्पताल ललितपुरले पाँच  वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।
अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको...
राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा यातायात सञ्चालन, पुनर्निर्माण र पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे विकास साझेदारहरूसँग छलफल गरेका छन्।

भर्खरै