नेभिगेशन
सबै कुरा

स्थानीय तहको स्वमूल्याकंनमा कटारी उत्कृष्ट

उदयपुर । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा उदयपुरको आठ पालिका मध्ये कटारी नगरपालिका प्रथम बनेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आर्थिक बर्ष २०७९/०८० को लागि स्थानीय तहले गरेका आफ्नो स्वमूल्याकंनमा कटारी नगरपालिकाले १०० पूर्णाङ्कमा ९३ दशमलव २५ नम्बर प्राप्त गरेको हो । कोशी प्रदेशभरिका स्थानिय तहहरूको स्वमूल्याङ्कनमा भने कटारी नगरपालिका तेश्रो बनेको छ।

Ncell
Extreme Energy

पहिलो ईलामको सुर्यादय नगरपालिका दोश्रोमा ईलाम नगरपालिका बनेको हो। स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धीहरुको  बारेमा लेखाजोखा गर्न प्रत्येक बर्ष स्थानीय तह आफैले स्वमूल्याकन गर्ने गर्दछन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन स्वमूल्याङ्कन कार्यविधि, २०७७ अनुसार विभिन्न सूचकको आधारमा स्वमूल्याकंन हुने गर्दछ । 

आर्थिक बर्ष २०७९/०८० को नतिजा अनुसार उदयपुरका चार नगरपालिका मध्ये स्वमूल्याकनमा सबै भन्दा कम नम्बर बेलका नगरपालिकाले ल्याएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको तथ्याक अनुसार बेलका नगरपालिकाले ७२ दशमलब २५ अंक प्राप्त गरेको छ । त्यसैगरी चौदण्डीगढी नगरपालिकाले ८०.७५ अंक र सबै भन्दा पुरानो र ठूलो नगरपालिका त्रियुगा नगरपालिकाले ७७ प्रतिसत अंक प्राप्त गर्न सफल भएको छ । 

स्थानीय तहको सबल र दुर्बल पक्षहरुको पहिचान गर्नको लागि गर्ने स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याकनमा गाउँपालिकाहरु मध्ये रौतामाई गाउँपालिकाले ८७ अंक प्राप्त गर्न सफल भएको छ । कोशी प्रदेशमै गाउँपालिका मध्य राैतामाई गाउँपालिका भने प्रथम बनेको हो।

जिल्लामा उदयपुरगढी गाउँपालिकाले ८५.५ अंक सहित पालिका मध्ये दोस्रो, लिम्चुङबुङले ६९.५ अंक र ताप्ली गाउँपालिकाले ६६ अंक मात्र प्राप्त गरेको छ । 

विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिनको लागि गरिने संस्थागत स्वमूल्याकन विगतका आर्थिक बर्षहरुमा भन्दा गत बर्षको प्रतिवेदन सुधार भएको तथ्याकमा उल्लेख छ ।

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ८० को प्रयोजनको लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सहजिकरण गर्दै आएको छ । 

कार्यविधि अनुसार शासकीय प्रबन्ध, सँगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाहको क्षेत्रमा पालिकाहरुले गरेका कार्यहरुको आधारमा आफैले मूल्याकन गर्ने गरिन्छ । 

न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय गर्ने सूचकहरुको आधारमा पालिकाहरुले अंक प्राप्त गर्दछन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

किष्ट अस्पताल ललितपुरले पाँच  वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।
अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको...
राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा यातायात सञ्चालन, पुनर्निर्माण र पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे विकास साझेदारहरूसँग छलफल गरेका छन्।

भर्खरै