नेभिगेशन
समाज

बाढी पीडितलाई तामाङ समाज यूएईको सहयोग

यूएई । रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले तामाङ समाज यूएई–अबुधाबीले १ लाख ५१ हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भदौ १० मा रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै समाजले सेप्टेम्बर १९, २०२६ मा अबुधाबीमा श्रद्धाञ्जलि, दीप प्रज्वलन तथा सहयोग घोषणा कार्यक्रम आयोजना गरेको थियो।

Ncell
Extreme Energy

प्राकृतिक विपद्मा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आयोजित कार्यक्रममा प्रभावित परिवारलाई राहत तथा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गर्ने घोषणा गरिएको थियो। सोही घोषणाअनुसार तामाङ समाज यूएई–अबुधाबीको तर्फबाट १ लाख ५१ हजार रुपैयाँ आबुधाबीस्थित नेपाली राजदूतावास मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

समाजले विपद्को यस कठिन घडीमा प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि केही सहयोग पुगोस् भन्ने मानवीय भावनाका साथ उक्त रकम प्रदान गरेको जनाएको छ। 

बाढी तथा पहिरोबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै प्रवासमा रहेका नेपालीहरूबाट पनि सहयोग र सहकार्य आवश्यक रहेको समाजको भनाइ छ।

यसैक्रममा गत साता रामेछापको खाँडादेवी गाउँपालिका–८, गागलस्थित महाकाली जनज्योति सामुदायिक विद्यालयलाई शैक्षिक प्रयोजनका लागि एक थान प्रोजेक्टरसमेत सहयोगस्वरूप प्रदान गरिएको समाजले जनाएको छ। 

तामाङ समाज यूएई–अबुधाबीका उपाध्यक्ष श्याम तामाङले विदेशमा रहेर पनि नेपाली समाज, समुदाय र मातृभूमिप्रतिको दायित्वलाई आत्मसात् गर्दै तामाङ समाज आबुधाबि मार्फत सेवा र सहयोगको भावनालाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन । विनाशकारी बाढीले दिएको पीडा रकमले कम गर्न सकिँदैन । तर, दुःखको यस घडीमा पीडित परिवारको तत्कालको आवश्यकता पूरा गर्न सरकार उहाँहरूको...
ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले बंगालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय प्रभावका कारण यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्ने बताएका छन् ।
बाढीमा बेपत्ताको पहिचान गर्न नास्टमा पनि डीएनए परीक्षण

बाढीमा बेपत्ताको पहिचान गर्न नास्टमा पनि डीएनए परीक्षण

नास्टले ८०७ वटा नमुना प्राप्त गरेको छ र त्यसको परीक्षणपछि प्राप्त नतिजा राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई पठाउने छ ।
हनुमानढोमा ठडियो इन्द्रजात्राको लिंगो (तस्बिरहरू)

हनुमानढोमा ठडियो इन्द्रजात्राको लिंगो (तस्बिरहरू)

काठमाडौँमा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा औपचारिक रूपमा सुरु भएको छ।